काठमाडौं - ‘समस्या प्रधानमन्त्रीमा छ, मन्त्री फेरेर समृद्धि आउँछ ?’ अहिले सामाजिक सञ्जालमा यो स्लोगान बहुतै लोकप्रिय हुँदै गएको छ ।
सत्तारुढ दल नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमति भएपछि सामाजिक सञ्जालमा यो ट्रेन्ड हिट भएको हो ।
आफूलाई इतिहासकै सर्वाधिक शक्तिशाली प्रधानमन्त्री दाबी गर्ने ओलीले एघारौंपटक मन्त्रिपरिषद् पुनर्गठन गर्न खोजेपछि समस्याको मुख्य जड को हो ? भन्ने विषयमा बहस सुरु भएको छ ।
प्रधानमन्त्रीले आफूले इच्छाएको बेला जुनसुकै मन्त्रीलाई पनि हटाउन र नयाँ नियुक्ति गर्न सक्ने अधिकार छ । तर, एउटै पार्टीको बहुमतको शक्तिशाली सरकारका प्रधानमन्त्री ओली किन यसरी निम्छरो बन्दै गएका छन् र मन्त्रीहरू फेरिरहेका छन् ? नेपाली जनताले बुझ्न सकेका छैनन् ।
विगतमा अस्थायी सरकारका कारण देशको विकास हुन नसकेको, राजनीतिक स्थायित्व हुन नसकेको भन्दै स्थायी सरकारको नारा दिएर ओली प्रधानमन्त्री बन्न सफल भएका हुन् । तर, उनै ओली अहिले दुई चार महिनामा मन्त्री फेरिरहेका हुन्छन् ।
त्यसैले अब समस्या प्रधानमन्त्रीमा हो कि मन्त्रीमा भन्ने बहस सुरु भएको छ । पटक पटक मन्त्री फेरिरहनुभन्दा प्रधानमन्त्री नै अर्कै फेर्दा के होला ? यसको सही जवाफ नेकपाका शीर्ष नेताले मात्र दिन सक्छन् ।
तर, प्रधानमन्त्री सफल मन्त्री चाहिँ असफल हुने गरी किन सरकार चलाइरहनु पर्यो भन्ने प्रश्न पनि सँगसँगै उब्जेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।