सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

भ्रष्ट सत्तासँग भाग खोज्‍ने देउवालाई सभापतिमा रहिरहने नैतिकता छैन, तत्काल राजीनामा दिउन्

भ्रष्ट सत्तासँग भाग खोज्‍ने देउवालाई सभापतिमा रहिरहने नैतिकता छैन, तत्काल राजीनामा दिउन्

  • मिडिया डबली
  • आइतवार, आश्विन ११ २०७७

  • 7.6K
    SHARES

  • भ्रष्ट सत्तासँग भाग खोज्‍ने देउवालाई सभापतिमा रहिरहने नैतिकता छैन, तत्काल राजीनामा दिउन्

     काठमाडौं - सरकार भ्रष्ट भएको र जनआकांक्षा विपरीत काम गरिरहेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । देशमा स्थायीत्व, विकासको समृद्धिको अपेक्षा गरेर जनताले दुई तिहाइ बहुमतसहितको बलियो सरकार निर्माण गरेका हुन् ।

    तर, सरकारले विकास र स्थायीत्वभन्दा पनि व्यक्तिगत स्वार्थ र आफन्तलाई भरपोषण गर्न अर्बौंका भ्रष्टाचार काण्डहरुमा मुछिएको छ पटक-पटक । सरकारले खरिद गर्ने हरेक सामग्रीमा भ्रष्टाचार र हरेक नियुक्तिमा योग्यभन्दा पनि आफन्त खोज्‍ने प्रवृतिले जनतालाई थप निराश बनाएको छ ।

    यस्तो अवस्थामा सरकारल जनतालाई धोका दिइरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेस जनताको आशाको केन्द्र बन्‍नु पर्थ्यो । तर, कांग्रेस पनि भ्रष्ट सत्ताको सारथी बनेको छ ।

    हरेक भ्रष्टाचार काण्डमा प्रतिपक्षी पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाम आउन थालेपछि कार्कर्तामा निराशा छाएको छ । पछिल्लो समय आफ्नो सुधार्दै नयाँ नक्सा जारी गर्न दबाब दिएको र कोरोना महामारीमा सरकारविरुद्ध 'बोल्ड'रुपमा प्रस्तुत भएकोमा जनता देउवाप्रति केशी आशावादी थिए ।

    तर, फेरि देउवाले नैतिक धरातल गुमाएका छन् । सरकारले गर्ने कुनै पनि नियुक्तिमा योग्‍य व्यक्ति ल्याउन प्रमुख प्रतिपक्षीले चर्को दबाब सिर्जना गर्नुपर्नेमा कांग्रेस सभापति देउवाले भ्रष्ट सत्तासँग भाग खोज्दै अतिभ्रष्ट काम गरेका छन् ।

    यसले नेपाली कांग्रेसलाई ठूलो धक्का लागेको छ । सरकारले लामो समयपछि विश्वविद्यालयहरुमा उपकुलपति नियुक्ति गरेको छ । यस विषयमा देउवाले आफ्नो भाग खोज्दै राम्राभन्दा पनि हाम्राको नियुक्तिका लागि सरकारलाई सघाएका छन् ।

    शनिबारमात्रै अस्ट्रेलियाको भिक्टोरिया राज्यकी स्वास्थ्यमन्त्रीले कोरोना महामारी नियन्त्रण गर्न नसकेको भन्दै नैतिकताका आधारमा पदबाट राजीनामा दिइन् ।

    त्यही दिन शनिबार नेपालका स्वास्थ्यमन्त्रीले सरकार देश र जनताको काममा व्यस्त छ भन्दै भाषण गरे । मुलुकमा कोरोना संक्रमितको संख्या ७१ हजारभन्दा बढी भइसकेको छ ।

    यस्तो अवस्थामा सरकारका गलत कामको खबरदारी गरेर सरकारले देखाउने लोभबाट टाढा बसेर जनतालाई साथ दिनुपर्नेमा भ्रष्टलाई देउवाले साथ दिएका छन् ।

    त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, पोखरा विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपतिहरूको पदावधि सकिएको एक वर्षपछि देउवाले भाग पाएपछि उपकुलपति नियुक्त भएका छन् ।

    ६ विश्वविद्यालयमध्ये चारवटामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र दुईवटामा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उपकुलपति पाउने गरी देउवाले सरकारको भागबण्डामा सहभागी भएका छन् ।

    कांग्रेस सभापति देउवाकै कारण लामो समयदेखि विश्वविद्यालयमा उपकुलपतिसहित अन्य पदाधिकारी, सेवा आयोगका अध्यक्ष र सदस्यको पदपूर्ति हुन सकेको थिएन ।

    शुक्रबार सरकारले तीनवटा विश्वविद्यालयमा उपकुलपतिको टुंगो लगाएको छ । संस्कृत विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा नेकपानिकट र पोखरा विश्वविद्यालयमा काँग्रेसनिकटलाई नियुक्ति दिइने भएको छ ।

    नेपाल संस्कृत विश्वविद्यालयमा यादवप्रकाश लामिछाने तथा कृषि र वन विश्वविद्यालय चितवनमा डा. पुण्य रेग्मीलाई उपकुलपति नियुक्त गरिने भएको छ ।

    रेग्मीको ठाउँमा प्रधानमन्त्री केपी शर्मा ओली शारदा थपलियालाई उपकुलपति बनाउने पक्षमा थिए । नेकपा अध्यक्ष प्रचण्डले आफ्नो निर्वाचन क्षेत्रको विश्वविद्यालयमा आफैले भनेको व्यक्ति उपकुलपति बनाउन जोडबल गरेपछि ओली पछि हटेका हुन् ।

    लामिछाने पूर्व एमाले र रेग्मी पूर्व माओवादी समर्थित हुन् । त्यस्तै, पोखरा विश्वविद्यालयमा भने प्रा.डा प्रेमनारायण अर्याललाई नियुक्त गरिने भएको छ । पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि नेकपा अध्यक्ष प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ र शिक्षामन्त्री पोखरेलले छुट्टाछुट्टै नाम अघि सारेपछि प्रधानमन्त्री ओलीले काँग्रेसलाई जिम्मेवारी दिएको छ ।

    काँग्रेस सभापति शेरबहादुर देउवासँगको छलफल र समझदारीअनुसार नै पोखरा विश्वविद्यालयमा अर्याललाई नियुक्ति दिइने भएको छ । काँग्रेसको भागमा संस्कृत विश्वविद्यालयको उपकुलपति परेको भए पनि प्रधानमन्त्री ओलीले आफ्नो पार्टीभित्र कुरा नमिलेपछि पोखरा विश्वविद्यालयको उपकुलपति थमाएको बुझिएको हो ।

    सत्ता र प्रतिपक्षी बीच विश्वविद्यालयसँगै संवैधानिक आयोगमा पनि भागबण्डाको तयारी भइरहेको छ । प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष प्रचण्ड र काँग्रेस सभापति देउवाबीच निरन्तर संवैधानिक आयोगमा नियुक्तिका लागि संवाद भइरहेको छ ।

    यसरी भ्रष्ट सत्ताविरुद्ध खबरदारी गर्नुपर्ने पार्टी नेतृत्व भाग खोज्दै चाहर्ने भएपछि सभापतिमा रहिरहन देउवालाई कुनै नैतिकता छैन । देउवाले तत्काल पदबाट राजीनामा दिएर पार्टीलाई सुदृढ मार्गतर्फ हिड्‌नबाट रोक्‍नु हुँदैन ।

    देउवाले तत्काल नैतिकताका आधारमा राजीनामा दिँदा उनले यसअघिका गरेका सयौं गल्तीलाई सम्भवत:जनताले माफी देलान् । नत्र देउवा भावी पिँढीका लागि पनि कलंकका पात्र बन्‍नेछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend