काठमाडौं - प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । आइतबार दिउँसो १२ बजे बालुवाटारमा प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन् ।
प्रधानमन्त्रीले आजको मन्त्रिपरिषद् बैठकमा महत्वपूर्ण घोषणा गर्ने बताइएको छ । दुई दिनअघि मात्रै प्रधानमन्त्री ओलीले आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन तयार रहन जानकारी गराएका थिए ।
उनले अबको मन्त्रिपरिषद् बैठक केही मन्त्रीहरूका लागि अन्तिम पनि हुन सक्ने बताएका थिए । त्यसैले आजको मन्त्रिपरिषद् बैठकमा अहिलेसम्म कुशलतापूर्वक भूमिका निर्वाह गरेको र सहयोग गरेको भन्दै प्रधानमन्त्रीले धन्यवाद दिने स्रोतले बताएको छ ।
प्रधानमन्त्री ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनबारे करिब करिब सहमति जुटिसकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।