काठमाडौं - तीन तहको निर्वाचनको मत परिणाम आउँदै गर्दा तत्कालीन एमाले अध्यक्ष केपी ओलीको फुर्ति हेर्नलायक थियो । अघिल्लो पटक प्रधानमन्त्री बन्दा भारतीय नाकाबन्दीको विरोध गरेर राष्ट्रवादी छवि बनाएका ओलीले आफ्नो पार्टीले झन्डै दुई तिहाइको बहुमत हासिल गरेपछि उनले अरुलाई टेर्नै छाडे ।
प्रतिस्पर्धी नेपाली कांग्रेस र सो पार्टीका नेताहरूलाई त ओलीले मान्छे नै नभएको जस्तो व्यवहार देखाए । कांग्रेसको औचित्य नै समाप्त भएको घोषणासमेत गरे । तत्कालीन एमाले नेताहरूले त माओवादीसँगको एकतापछि बनेको नेकपाले अब ५० वर्षसम्म सरकार चलाउने भनेर दाबी गरे । ओलीलाई इतिहासकै शक्तिशाली प्रधानमन्त्री बनाइयो । नेपालमा बीपी कोइरालाभन्दा पनि ओलीलाई बलियो प्रधानमन्त्री भनेर प्रचार गरियो । तर, आजको ओलीको हैसियत हेर्ने हो भने उनी कति निरीह र कमजोर प्रधानमन्त्री हुन् भन्ने कुरा उनको कार्यशैली र पटकपटक मन्त्रिपरिषद् पुनर्गठनले प्रस्ट पार्छ । ओलीले साढे दुई वर्षे कार्यकालमा ११औं पटक मन्त्रिपरिषद्को पुनर्गठन गर्दैछन् । त्यसका लागि ओली र नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अन्तिम कसरत चलिरहेको छ । प्रधानमन्त्रीलाई काम गर्न सजिलो होस् भनेर मन्त्रिपरिषद्को व्यवस्था गरिएको हो । तर, इतिहासकै शक्तिशाली भनेर प्रचार गरिएका प्रधानमन्त्री ओली अहिले किन कमजोर बनेका छन् रु किन पटकपटक मन्त्री फेर्दैछन् रु किन सबै नेता र जनतासँग दूरी बनाउँदै गएका छन् रु स्वयं उनी आफैं अलमलमा देखिन्छन् । ब्ब
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।