काठमाडौं । चिकित्साशास्त्रका विकृति अन्त्यको लागि पटक पटक आमरण अनसन बस्दै आएको वरिष्ठ डाक्टर गोविन्द केसीलाई नेपाली कांग्रेसका नेताहरुले भेटेका छन्।
नेपाली कांग्रेसका पूर्व सांसद तथा नेता रामहरी खतिवडा, पूर्व अर्थराज्यमन्त्री उदयशम्सेर राणा र गण्डकी प्रदेशका सांसद मेखलाल श्रेष्ठले टिचिङ अस्पताल पुगेर डाक्टर केसीको मागमा ऐक्यवद्धता जनाएका हुन्। डाक्टर केसी अनसन बसेको स्थान त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेर नेताहरुले भेटेका हुन्।
डाक्टर केसीलाई सरकारले प्रहरी लगाएर अपहरणको शैलीमा ट्रमा अस्पताल पुर्याएको थियो। पछि चौतर्फी विरोध भएपछि टिचिङ सारिएको हो। चिकित्सा क्षेत्रको बेतिथि विरद्ध लामो समयदेखि लड्दै आएका केसीको स्वास्थ्य अवस्था खराब भएपनि सरकारले वास्ता गरेको छैन।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।