काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना मन्त्रीहरुलाई अन्तिम भेट हुन पनि सक्ने बताएका छन्। सचिवालय बैठक पछि अर्का अध्यक्ष पुष्पकमल दाहालसँग निरन्तर छलफल गरिरहेका ओलीले शुक्रबारसाँझ बसेको मन्त्रिपरिषदको बैठकमा मन्त्रीहरुलाई त्यहाँ भएको भेट नै अन्तिम हुनसक्ने बताएका हुन्।
नेकपामा पछिल्लो पटक विवाद समाधानको लागि मन्त्रालय फुटाएर भएपनि ओली र प्रचण्डबीच आफू निकटका नेतालाई मन्त्री बनाउने सहमती भइसकेको छ। शुक्रबारको मन्त्रिपरिषदको बैठकमा ओलीले मन्त्रीहरुलाई भनेका थिए, ‘पार्टीको भलफलबारे तपाइँहरु जानकार नै हुनुहुन्छ, केही साथीहरु बस्नुपर्ने हुनसक्छ। कतिपय साथीहरु भने छुट्टिनु पनि पर्ने हुनसक्छ। त्यसैले कतिपय साथीहरुलाई यो क्याबीनेटको भेट र बैठक नै अन्तिम पनि हुनसक्छ।’
उनले मन्त्रीहरुलाई भेटिने र छुट्टिने विषयलाई अन्यथाको हिसाबले नबुझ्न पनि भनेक छन्। प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच मन्त्रिपरिषद पुनर्गठन र संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति तत्कालै गर्ने विषयमा छलफल चलिरहेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।