मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

संकट घोषणा गर्न देउवामार्फत ओलीलाई ज्ञापन 

संकट घोषणा गर्न देउवामार्फत ओलीलाई ज्ञापन 

  • मिडिया डबली
  • शुक्रवार, आश्विन ९ २०७७

  • 6.8K
    SHARES

  • संकट घोषणा गर्न देउवामार्फत ओलीलाई ज्ञापन 

    म्याग्दी- नेपाली कांग्रेस म्याग्दीले म्याग्दीलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गर्दै  पार्टी सभापति शेरबहादुर देउवामार्फत प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाएको छ।

    शुक्रबार म्याग्दी कांग्रेस सभापति खमबहादुर गर्बुजा खम्बीरको नेतृत्वमा गएको टोलीले देउवाको निवासमा नै पुगेर ओलीलाई संकटग्रस्त क्षेत्र घोषणाको माग गर्न आग्रह गर्न गर्दै ज्ञापनपत्र बुझाएको हो। 

    ज्ञापन पत्रमा सरकारले म्याग्दीलाई उपेक्षा गरेको भन्दै कांग्रेस म्याग्दीले आपत्ति जनाएको छ। असार २५ र २६ गतेयता बाढीपहिरोले म्याग्दीमा २९  जनाको मृत्यु, ६ जना बेपत्ता हुनुका साथै सयौं विस्थापित र हजारौं रोपनी खेतीयोग्य जमिनमा पुुर्‍याए पनि संघीय सरकारले म्याग्दीलाई बेवास्ता गरेको कांग्रेसले आरोप लगाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend