सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक बिशेष

अर्थमन्त्री २२ दिनसम्म नियुक्ति नगरेर ओलीले राखे नयाँ कीर्तिमान

अर्थमन्त्री २२ दिनसम्म नियुक्ति नगरेर ओलीले राखे नयाँ कीर्तिमान

  • मिडिया डबली
  • शुक्रवार, आश्विन ९ २०७७

  • 5.1K
    SHARES

  • अर्थमन्त्री २२ दिनसम्म नियुक्ति नगरेर ओलीले राखे नयाँ कीर्तिमान

    काठमाडौं - संसदीय व्यवस्था भएका मुलुकमा प्रधानमन्त्रीपछि अर्थमन्त्री धेरै महत्वपूर्ण मानिन्छ ।

    सोही कारण नयाँ प्रधानमन्त्री निर्वाचित भएलगत्तै अर्थमन्त्री पनि नियुक्ति गर्ने गरिन्छ । देशको आर्थिक गतिविधि र सञ्चालन सबै अर्थ मन्त्रालयले नै गर्ने भएकाले अन्य मन्त्रालयभन्दा अर्थलाई बढी प्राथमिकता दिइएको हो ।

    अमेरिका, चीन, रुस जस्ता मुलुकमा राष्ट्रपतिपछि विदेशमन्त्री शक्तिशाली हुन्छ । नेपाल, भारत, बेलायत जस्ता मुलुकमा प्रधानमन्त्रीपछि अर्थमन्त्री नै बढी चर्चामा हुन्छन् ।

    त्यसैले प्रधानमन्त्रीसँगै अर्थमन्त्री पनि नियुक्ति हुने गरेका हुन् । २०४७ सालपछि प्रधानमन्त्री बन्नेहरूले कि पहिलो दिन नै नभए अर्को दिन अर्थमन्त्री नियुक्ति गर्दै आएका थिए ।

    तर, अहिले मुलुकमा अर्थमन्त्री नभएको २२ दिन बितिसकेको छ । ०७५ फागुन ३ गते प्रधानमन्त्री भएलगत्तै केपी ओलीले डा.युवराज खतिवडालाई अर्थमन्त्री नियुक्ति गरेका थिए ।

    तर, नेकपाको आन्तरिक संघर्षका कारण अर्थ मन्त्रालय नेतृत्वविहीन भएको तीन साता बितिसकेको छ । अहिलेसम्म यति लामो अवधि नेपालमा अर्थ मन्त्रालय नेतृत्वविहीन थिएन ।

    प्रधानमन्त्री ओलीले अर्थ मन्त्रालय धेरै समय खाली राखेर रेकर्ड नै राखेका छन् । यतिबेला अर्थसँगै सञ्चार तथा सूचना प्रविधि तथा सहरी विकास मन्त्रालय पनि मन्त्रीविहीन छ ।

    सबै मन्त्रालय प्रधानमन्त्री ओलीले नै हेर्दै आएका छन् । अर्थ मन्त्रालयमा ‘डिफ्याक्टो अर्थमन्त्री’ का रूपमा प्रधानमन्त्री ओलीका विशेष आर्थिक सल्लाहकार खतिवडाले नै हेर्दै आएका छन् ।

    तर, संसारले मन्त्रालयको कुर्सीमा को बसेको छ भन्ने हेर्छ । भित्री रूपमा कसले चलाइरहेको छ भनेर हेर्दैन । प्रधानमन्त्री ओलीले एकपछि अर्को गरेर लोकतान्त्रिक पद्धतिलाई माटोमै मिलाउने काम गर्दै गएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend