काठमाडौं । गोरखाको सिरान्चोक गाउँपालिका ७ स्थित खहरे बजार सिल गरिएको गाउँपालिकाले जनाएको छ। भक्तपुरबाट भागेर कोरोना संक्रमित एक महिला आएपछि बजार सिल गरिएको गाउँपालिकाका अध्यक्ष राजु गुरुङले जानकारी दिए।
खहरे खोलाको पुल, बालज्योती प्राविको भवन क्षेत्रका बस्ती सबै सिल गरिएको उनले बताए। त्यस्तै संक्रमित महिलाको सम्पकैमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरेर रिपोर्ट नआउँदाम्म स्थानीयलाई बाहिर नआउन पनि भनिएको छ। त्यहाँका पसल, व्यवसाय पनि त्यो बेलासम्म बन्द रहनेछ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।