शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कोरोनाविरुद्धको औषधि नेपालमै उत्पादन सुरु, औषधि व्यवस्था बिभागले दियाे स्विकृति

कोरोनाविरुद्धको औषधि नेपालमै उत्पादन सुरु, औषधि व्यवस्था बिभागले दियाे स्विकृति

  • मिडिया डबली
  • बिहिवार, आश्विन ८ २०७७

  • 5.8K
    SHARES

  • कोरोनाविरुद्धको औषधि नेपालमै उत्पादन सुरु, औषधि व्यवस्था बिभागले दियाे स्विकृति

    काठमाडौं- कोरोना भाइरसको संक्रमणको अवस्थामा रहेकाहरुको उपचारका लागि प्रयोग हुँदै आएको फाविपिराविर-२०० औषधि नेपालमा पनि उत्पादन हुन थालेको छ। नेपाली औषधि कम्पनी देउराली–जनता फर्मास्युटिकल्स प्रालिले नेपालमै पहिलो पटक यो औषधि उत्पादन गरेर बजारमा दिन थालेको हो ।

    यो औषधिले मंगलबार कोभिड–१९ को उपचारका लागी क्लिनिकल अध्ययन प्रयोजनको लागि उपलब्ध गराउने गरि औषधि व्यवस्था बिभागबाट स्विकृति पनि पाइसकेको छ ।

    कम्पनीले एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘फाविपिराविर एन्टीभाइरल औषधिलाई विश्वका धेरै मुलुकहरुले कोभिड–१९ का बिरामीहरुमा परीक्षणपश्चात प्रयोग गरिरहेका छन्। हालसम्म फाविपिराविर औषधि जापान, चीन, रसिया, अमेरिका, टर्की, क्यानडा, भारत र बंगलादेश लगायत धेरै देशमा सरकारले कोभिड–१९ को उपचारमा बिरामीलाई अत्याबश्यक भए प्रयोग गर्न अनुमति प्रदान गरिसकेका छन्। नेपालीको उपचारमा पनि सहयोग हुने हुनाले उत्पादन सुरु गरिएको छ’

    कम्पनीेले आफ्नो दायित्व बोधगरि कोभिड–१९बाट संक्रमित ब्यक्तिलाई औषधि अभावको कारणले हतास हुन नपरोस् भन्ने उद्देश्यका साथ नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि व्यवस्था बिभागबाट उत्पादनको अनुमति लिई नेपालमा नै पहिलोपटक यो औषधि उत्पादन सुरु गरिसकेको बताएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend