काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद छताछुल्ल भएको छ। प्रधानमन्त्री ओलीले लिम्पियाधुरासहितको जारी नयाँ नक्सा समेटिएको पुस्तकहरु वितरणमा रोक लगाएपछि उनको राष्ट्रवाद पोखिएको हो। पाठ्यक्रम विकास केन्द्रले तयार पारेको नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय समाग्री नामक सन्दर्भ पुस्तक वितरण तथा थप पुस्तक छपाई नगर्न शिक्षामन्त्रालयलाइै ओलीले निर्देशन दिएका हुन्।
गत बहिीबारको मन्त्रिपरिषदको बैठकमा शिक्षामन्त्रीलाई त्यस्ता पुस्तक बजारमा वितरण नगर्न र अब थप प्रकाशन नगर्न निर्देशन दिएका हुन्। अहिलेसम्म विज्ञ र सरोकारवालालाई भनेर जम्मा ५०० प्रति पुस्तक प्रकाशन भइसकेको छ। पुस्तकमा नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ६४१दशमलब २८ बर्ग किलोमिटर र नाबी, कुटी, गुञ्जीलगायतका क्षेत्र समेटिएको छ।
त्यस अघि नेपालको जम्मा क्षेत्रफल एक लाख ४७ हजार १८१ वर्गकिलोमिटर थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ मा सरकारले ल्याएको नीति तथा र्काक्रममा भारतले अतिक्रमित भूमि समेटिएको नक्सा जारी गर्ने घोषणा गरेकी थिइन्।
सोही घोषणा अनुसार मन्त्रिपरिषदले जेठ पाँचमा अतिक्रमित भूमि समेटेर नक्सा जारी गर्ने प्रकाशन गर्ने घोषणा भयो। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री मद्मा कुमारी अर्यालले जेठ सातमा नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरीन। केपी ओली सरकारको वाहावाही भयो।
तर,अहिले ओलीले उक्त नक्सा जारी भइसकेपछि पुस्तकमा नक्सा नराख्न निर्देशन दिएपछि केपी ओलीको राष्ट्रवाद कस्तो थियो भन्ने पुष्टि भएको छ। उक्त नक्सा ३१ गते जेटमा संसदबाट सर्वसम्मत रुपले नक्सा पारित भयो। सरकार संसदले अनुमोदन गरेको नक्सा वितरणमा प्रधानमन्त्रीले रोक लगाउनुको कारण के हो ? अब यो खोज्ने बेला आएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।