काठमाडाैं- पछिल्लो २४ घण्टामा देशभरबाट ८ सय २३ जना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै देशभर कारोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ४८ हजार ६१ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमित हुनेको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा को कोरोना संक्रमणबाट २जनाको मृत्यु भएको छ । योसँगै देशभरकुल मृतकको संख्या ४ सय २९ पुगेको छ । यसअघि हिजो १६ जनाको मृत्यु भएको थियो । हिजोको तुलनामा मृतकक संख्या कम भएको छ ।
हाल सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ४२ रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।