आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

वामदेवको सेखी झार्न सर्वाेच्चमा दुई वटा रिट, बुधबारलाई पेसी तोकियो !

वामदेवको सेखी झार्न सर्वाेच्चमा दुई वटा रिट, बुधबारलाई पेसी तोकियो !

  • मिडिया डबली
  • सोमवार, आश्विन ५ २०७७

  • 3.9K
    SHARES

  • वामदेवको सेखी झार्न सर्वाेच्चमा दुई वटा रिट, बुधबारलाई पेसी तोकियो !

    काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्षसमेत रहेका र केही दिन अघि मात्रै राष्ट्रियसभाको सदस्य बनेका वामदेव गौतमविरुद्ध सर्वाेच्च अदालतमा दुई वटा रिट निवेदन दर्ता भएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा मनोनीत गरिसकेकी छन्।

    मन्त्रिपरिषदको सिफारिस बदर गर्न र राष्ट्रपतिले मनोनीत गरेको निर्णय फिर्ता लिनुपर्ने व्यहोरासहित अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले रिट निवेदन दर्ता गरेका हुन्। दुवै अधिवक्ताको रिटमाथि सर्वाेच्चले बुधबारको लागि पेसी तोकेको छ। अधिवक्ता त्रिपाठीले राष्ट्रपतिको कार्यालयबाट भएको मनोनीत र मन्त्रिपरिषदबाट भएको सिफारिसको आधारमा वामदेव राष्ट्रियसभाको सदस्य भएको र मन्त्री हुने खेलमा लागेकाले उक्त मनोनीत बदर गर्न माग गरेका छन्। त्यसो त वामदेव प्रतिनिधिसभाको निर्वाचनमा हारेको व्यक्ति हुन्।

    उनलाई नेपाली कांग्रेसका नेता सञ्जय कुमार गौतमले हार चखाएका हुन्। संविधान अनुसार प्रतिनिधिसभाको सोही कार्यकालभरी संसदको कुनै पनि सदस्य बन्न पाउँदैन। यस अघि मन्त्रिपरिषद र राष्ट्रपतिले गरेको मनोनीत पनि संविधान विपरित थियो। गौमलाई भदौ २९ गते राष्ट्रियसभा सदस्यमा विद्यादेवी भण्डारीले मनोनीत गरेकी थिइन्। अधिवक्ता त्रिपाठीले मनोनीत निर्णय बदर गर्न र मन्त्रिपरिषदमा जान नदिन प्रतिषेधको आदेश पनि माग गरेका छन्।

    अर्का अधिवक्ता भट्टले गौतम राष्ट्रियसभामा मनोनयन हुनुनै गलत भएको दाबी गरेका छन्। उनले राष्ट्रियसभामा गौतम जस्ता सक्रिय राजनीतिमा लागेका व्यक्तिलाई लैजानु नै गलत भएको भनेका छन्। नेकपाले बुद्धिजीवीको कोटामा वामदेवको संसद यात्रा खुल्ला गरिदिएको थियो। अधिवक्ता भट्टले चुनाव हारेकालाई राष्ट्रियसभामा ल्याउनु नै गलत भएको रिट निवेदनमा भनेका छन्। संविधानको धारा ७८ ९४० ले पनि त्यो व्यवस्था गरेको भन्दै भट्टले यदि गौतम मन्त्री बने संविधानको गम्भीर उलंघन हुने जनाइएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १५ २०७७०२:२४:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend