काठमाडौं- आमनिर्वाचन हारर पनि सांसदको पद पाएका नेकपाका वरिष्ठ नेता वामदेव गौतममाथि सर्वोच्च अदालतमा रिट निवेदन पेस भएका छन् । नेता गौतमलाई राष्ट्रिय सभाको सदस्यमा मनोनीत गर्ने कार्य संविधानविपरीत भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका हुन् ।
सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भने गरिएका छैन । आइतबार परेका तीनवटा रिट निवेदन दायर गर्ने वा दरपीठ गर्ने भन्ने सम्बन्धमा सर्वोच्च अदालतले कुनै निर्णय गरिसकेको भने छैन । हाल ती रिटहरुको बारेमा अध्ययन भइरहेको बताइएको छ ।
राष्ट्रिय सभा सदस्य भइसकेपछि अब, वामदेव गौतम मन्त्रीको दौडधुपमा लागेका छन् । तर, नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने सकारात्मक छैनन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।