काठमाडौं- काठमाडौं महानगरपालिकाभित्र हालसम्म कोरोना भाइरसको संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ । त्यस्तै सक्रिय संक्रमितको संख्या ३ हजार चार सय ७७ जना पुगेको छ।
त्यस्तै २ हजार ९ सय ३ जना कोरोना संक्रमणमुक्त भइसकेका छन् । त्यस्तै, ४ सय २२ जनाको बारे केही नखुलेको महानगरले जनाएको छ।
महानगरमा १५ हजार २ सय ९२ जनाको कन्ट्याक्ट ट्रेसिङ भएको छ। यसमध्ये आइतबार मात्रै १ सय ३८ जनाको पीसीआर परीक्षण गरिएको थियो भने आइतबारसम्म १० हजार ८ सय २८ जनाको पीसीआर परीक्षण भइसकेको छ।
कन्ट्याक्ट ट्रेसिङ गरिएकामध्ये हालसम्म १ हजार ३ सय ५१ जनामा कोरोना पुष्टि भएको छ। काठमाडौं महानगरमा शनिबारसम्म ६ हजार ८ सय ५७ जना संक्रमित देखिएका थिए।
हेर्नुहोस् कुन वडामा कति संक्रमित:

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।