काठमाडौं - नेपालगन्ज कारागारमा एक कैदीको मृत्यु भएको हो। कोरोना संक्रमित ति कैदीका आज (सोमबार) मृत्यु भएको हो। सुर्खेत गुर्भाकोट नगरपालिका ४ घर भएका ५८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको भेरी अस्पतालले जनाएको छ। मृतक दम र स्वास प्रस्वास सम्बन्धी रोगी थिए।
स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि भदौ २२ गते अस्पताल भर्ना गरिएको थियो भने २१ राती नै उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो। योसँगै बाँकेमा उपचारको क्रममा मृत्यु हुने कोरोना संक्रमितको संख्या ११ पसगेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।