काठमाडौं - के तपाइँलाई कोरोना भाइरसको लक्षण देखिएको छ? यदि त्यस्तो हो भने अब तपाइँ आफैँ स्वाब परीक्षणका लागि अस्पताल गइराख्नु पर्दैन। मात्र तपाइँले एक कल फोन गरे पुग्छ। चिकित्सकको टोली तुरुन्तै तपाइँको घरमा आइपुग्छ। हेल्थ एट होम ले यो सबै बन्दोबस्ती मिलाएको हो।
हेल्थ एट होमले कोभिड १९ पोजेटिभ वा त्योसँग मिल्दोजुल्दो लक्षण भएका विरामीलाई घरघरमै गएर सेवा दिन थालेको छ। यसका लागि १० जना अनुभवी चिकित्सकको टिम खटिएको छ। यस्तो सेवा यूरोप, अमेरिकामा धेरै पहिले नै अन्य रोगका विरामीलाई सेवा दिन सुरु गरिएको थियो। तर, अहिले कोरोना सम्बन्धी सेवा दिनका लागि सुरु भएको सेवा दक्षिण एसियाकै पहिलो हो। उनीहरुले कोरोना संक्रमितहरुले सम्पर्क गरे पनि घरमै गएर सेवा दिने बताएका छन्।
होम आइसोलेसन कार्यक्रम चलाइरहेको उक्त टिमले विरामीलाई सेवा दिने नयाँ उपाए निकालेको हो। यो सेवा हिजो आइतबारबाट सुरु भइसकेको छ। चिकित्सकहरुको टिममा विशेषज्ञ चिकित्सक, नसै, कार्डियोलोजिस्ट, नाक, कान घाँटीका चिकित्सकहरु छन्। सेवा लिएपछि विरामीले निश्चित शूल्क भने तिर्नुपर्ने हुन्छ। तपाइँ हामी सबैले यो सेवा ९८१८३६०१६६ नम्बरमा फोन गरेर लिनसक्छौँ। यो नम्बरलाई भाइबरबाट पनि सम्पर्क गर्न सकिनेछ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।