काठमाडौं- नेपालमा अहिले कम्युनिष्टको सरकार छ। कम्युनिष्ट भन्ने वित्तिकै तपाइँहरुको मनमा अनेकथरी कुरा खेल्न सक्छ। कम्युनिष्ट सिद्धान्तले सबै बराबरी, कोही भोको रहन नहुने, कोही नाङ्गै नहुने, कोही भन्ने गरेको छ। नेपालका कम्युनिष्टहरुले पनि भाषण गर्न पाए भने यही कुरा घण्टौँसम्म फलाकी हाल्छन्।
तर, व्यवहारमा त्यस्तो कहाँ छ र ? यसको लागि हिजो मात्रै मनाइएको संविधान दिवसको एक कार्यक्रमलाई हेरियो भने तपाईँ हामीलाई बुझ्न धेरै बेर लाग्दै लाग्दैन। विश्वभर फैलिएको कोरोना महामारीले नेपालमा पनि ठूलो प्रभाव पारेको छ। जनतालाई बन्दाबन्दीमा राखेर सरकारले ६ महिना कोरोना रोकथामको लागि कुनै पनि प्रभावकारी काम गरेन।
यही कारणले काठमाडौंलगायत देशभर हजारौँ लाखौँ जनता बिहान खाए बेलुका के खाने, बेलुका खाए बेलुका के खाने भन्ने अवस्थामा छन्। कतिले त खान नपाएकै कारणले ज्यान गुमाइसके। असोज ३ (हिजो) नेपाल सरकारले संविधान दिवसको अवसरमा सैनिकमञ्च (खुल्लामञ्चमा) बृहत कार्यक्रम गर्याे।
उक्त कार्यक्रममा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सर्वहारा भनिने कम्युनिष्ट पार्टीका सरकारका प्रतिनिधिहरु थिए। अन्य दिन खुल्लामञ्चमा विभिन्न मनकारीहरुले सडकमा भोकभोकै खाने खुवाउँथे।
तर, हिजो त्यस्तो भएन। सर्वाहार भन्ने तर, भ्रष्टाचार र जनताप्रति उत्तरदायी नभएको ओली नेतृत्वको सरकारका व्यक्तिहरु आउने भएकाले टुँडिखेलमा खाना खुवाउन दिइएन। झुत्रेझाम्रे लुगा लगाएर भोकभोकै भौँतारिरहेकाहरुलाई प्रवेश निषेध गरियो।
त्यस्तै करिब १५ करोडको त तक्मा मात्रै हिजो एकाद केही बाहेक सबै कम्युनिष्ट सरकारको भजन गाउनेलाई तक्मा भिराइयो। महामारीले आर्थिक गतिविधि ठप्प भयो सरकार ऋणात्मकतिर गयो भन्ने सरकारले तक्मा बाँड्नका लागि मात्रै १५ करोड खर्च गरेको छ।
उता जनता एक छाक खान, एकसरो लाउन र बस्नका लागि छानो नपाएर छटपट्टिरहेको छन्। काम र खाना नपाएका ठूलो संख्याका नागरिकलाई छ महिनादेखि खाना खुवाइरहेको स्वयमसेवीहरुको समूहलाई हिजो खुल्लामञ्च प्रवेश रोक लगाएर अन्यत्रै लखेटिएको थियो।
केही यूवा समाजसेवीहरुले भने प्रहरीसँग लड्दै खुल्लामञ्चको एकछेउमा गएर खाना खान नपाएकाहरुलाई पेटभरी खाना खुवाएरै छोडे।महामारीले आर्थिक संकट उन्मुख भएको राष्ट्रका कम्युनिष्ट जो आफूलाई सर्वहारा वर्गको नेता भन्छन् उनीहरुले १५ करोडको तक्मा बाँडेर नपुगेर सेनाको हेलीकोप्टर उँडाएर पुष्पवृष्टि पनि गर्याे।
एक छेउवा युवाहरुको टोलीले दिएको खाना खाइरहेकाहरु प्लास्टिकको प्लेट हातमा लिएर आकाशमा हेलीकोप्टरबाट भइरहेको पुष्पवृष्टि हेर्न लागे। यति हुँदा पनि आफूलाई सबैभन्दा ठूलो राष्ट्रवादी भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीले त्यही खुल्लामञ्चको एक छेउवा रहेका भोका जनतालाई देखेनन्।
केपी ओली र उनको नेतृत्वको सरकारलाई भोका जनताले हेलीकोप्टरबाट फूल झारेको टुलुटुलु हेरिरहँदा यीनको भोक भर्नु पर्छ भन्ने हेक्का किन गरेन ? लाज लागेन प्रधानमन्त्री ज्यू ?
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।