सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक बिशेष

भ्रष्टाचार छानबिन नगरेकोमा अख्तियारका पूर्वप्रमुख घिमिरेलाई सरकारको तक्मा

भ्रष्टाचार छानबिन नगरेकोमा अख्तियारका पूर्वप्रमुख घिमिरेलाई सरकारको तक्मा

  • मिडिया डबली
  • शनिवार, आश्विन ३ २०७७

  • 10.5K
    SHARES

  • भ्रष्टाचार छानबिन नगरेकोमा अख्तियारका पूर्वप्रमुख घिमिरेलाई सरकारको तक्मा

    काठमाडौं - सरकारले संविधान दिवसको अवसरमा करिब ६ सयजनालाई विभिन्न मानपदवी र विभुषण प्रदान गरेको छ ।

    छैटौं संविधान दिवसको अवसरमा सरकारले पाँच सय ९४ जनालाई विभिन्न किमिसका विभूषण दिने घोषणा गरेकोमा डा. सन्दुक रुइतलाई सुप्रसिद्ध जनसेवाश्री (प्रथम) प्रदान गरिएको छ ।

    यो वर्ष नेपालरत्न, राष्ट्रगौरव तथा राष्ट्रदीप जस्ता उच्च विभूषण कसैलाई दिइएन । सुप्रसिद्ध जनसेवाश्री (दोस्रो) पाउनेमा सर्वोच्चका न्यायाधीश दीपक कार्की, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख युक्त नवीन घिमिरे, प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल छन् ।

    अख्तियारमा रहँदा ठूला भ्रष्टाचारका फाइल तामेलीमा राखेको आरोप लागेका पूर्व प्रमुख आयुक्त घिमिरेलाई उच्च तहको विभूषण दिएको छ ।

    घिमिरेले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेसमा भएको ७० करोड कमिसन काण्ड, नेपाल आयल निगमको जग्गा खरिद गर्दा एक अर्ब ३० करोडको भ्रष्टाचार काण्डलगायत सबैलाई घिमिरेले तामेलीमा राखेर ओली सरकारलाई चोख्याएका छन् ।

    त्यसैको पुरस्कार स्वरूप सरकारले घिमिरेलाई सुप्रसिद्ध जनसेवाश्री तक्मा दिएको बताइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend