आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

समयमै मल नल्याएकाे कुरामा कृषिमन्त्री जगिंए, प्रचण्डका घरबेटीलाई तनाब

समयमै मल नल्याएकाे कुरामा कृषिमन्त्री जगिंए, प्रचण्डका घरबेटीलाई तनाब

  • मिडिया डबली
  • शुक्रवार, आश्विन २ २०७७

  • 7.9K
    SHARES

  • समयमै मल नल्याएकाे कुरामा कृषिमन्त्री जगिंए, प्रचण्डका घरबेटीलाई तनाब

    काठमाडौं- कृषि तथा पशुपन्क्षी विकास मन्त्री घनश्याम भुसालले ठेकेदारहरुको बदमासीकाका कारण समयमै मल नआएको बताएका छन् ।

    संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भएको छलफलमा मन्त्री भुसालले साउन महिनाभित्र नै मल ल्याएर वितरण गरिसक्ने योजना अनुसार काम अगाडि बढेको भएपनि ठेकेदारहरुले बदमासी गरेका कारण ढिलाइ भएको उनले बताएका हुन् ।

    नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी समेत रहेका शारदाप्रसाद अधिकारीको शैलुङमा इन्तरप्राइजेज र हुमनाथ कोइरालाको हानिको मल्टिप्रपोज कम्पनीले समयमै मल ल्याएका थिएनन् ।

    यसअघि नै यी दुई कम्पनीलाई कालोसुचिमा राख्न भनिइसकेको अवस्था छ । यसबीच कम्पनीका मालिक एवं ठेकेदार प्रचण्डका घरबेटी र  हुमनाथ कोइरालालाई तनाब सिर्जना भएको छ ।

    मन्त्री भुसालले विगतमा ढिला टेण्डर हुँदा समस्या हुने गरेकोमा यो वर्ष समयमै टेण्डर आह्वान गरी प्रकृया अगाडि बढाउँदा पनि ठेकेदारहरुका कारण समस्या उत्पन्न भएको उनले बताएका हुन् ।

    उनले भने, ‘टेण्डर गरेर दुई तीन महिनाको समय दिइएको थियो। त्यसमा सम्झौता गर्न आएनन्। सम्झौता गरेपछि एलसी गर्न आएनन्। एलसी गरेपछि त्यो पनि परिवर्तन गर्नुपर्‍यो।'

    उनले थपे, 'सबै गर्दा पनि पर्याप्त समय दिएका थियौँ। असार र साउनभित्र नै ७० हजार मेट्रिक टन युरिया मल आएर वितरण गर्नुपर्ने थियो। साल्ट्र ट्रेडिङले साउन ४ भित्र नै ल्याएर वितरण भइरहेको छ। त्यसैले कोरोनाका कारण समस्या भएको होइन।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, कार्तिक १६ २०७७०५:५३:५४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend