आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रचण्डका घरबेटीले ठेक्का लिएको बाटो नबनाएपछि यूवाहरु आन्दोलित, प्रचण्डको टाउको दुखाई !

प्रचण्डका घरबेटीले ठेक्का लिएको बाटो नबनाएपछि यूवाहरु आन्दोलित, प्रचण्डको टाउको दुखाई !

  • मिडिया डबली
  • आइतवार, कार्तिक १६ २०७७

  • 7.9K
    SHARES

  • प्रचण्डका घरबेटीले ठेक्का लिएको बाटो नबनाएपछि यूवाहरु आन्दोलित, प्रचण्डको टाउको दुखाई !

     काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी विरुद्ध फेरी विरोध सुरु भएको छ। ठेकेदारसमेत रहेका प्रचण्डका घरबेटी सारदाप्रसाद अधिकारीले जिम्मा लिएको काम समयमै निर्माण सम्पन्न नगरेपछि स्थानीय आन्दोलित भएका हुन्। ललितपुर महानगरपालिका २७ सुनाकोठी क्षेत्रको सडक ८ मिटरबाट बढाएर चौडा २२ मिटर बनाउने गरी काम सुरु भए पनि सम्पन्न नगर्दा उक्त क्षेत्र अहिले धुलाम्ये छ।

    ‘हामीले ठेकेदार कम्पनीलाई बाटो समयमै बनाउ। जनताको स्वास्थ्य विग्रियो काठमाडौं उपत्यका भित्रै यस्तो काम छ भने अन्त कस्तो होला भनेर ध्यानाकर्षण पनि गरायौँ,’ ललिपुर महानगरपालिका २७ का वडा अध्यक्ष बाबुराजा महर्जनले मिडियाडबलीसँग भने, ‘हुनलाई अहिले निर्माण अलपत्र भएको बाटो कान्तिपथ लोकपथ हो दशैँमा काम सबै सक्छु भनेर भनेकै हो दशैँ सकिँदा पनि काम गर्न आउँदैन।’ अघिल्लो वर्ष पनि काठमाडौंका विभिन्न क्षेत्रका स्थानीयले प्रचण्डका घरबेटी अधिकारीविरुद्ध विरोध गर्दै उनको फोटो सार्वजनिक स्थानमा टाँसेका थिए।

    अधिकारीको कम्पनी, शैलुङ कन्स्ट्रक्सन कम्पनीले काम नगरे पनि सरकारले प्रचण्डका घरबेटी भएकै कारण कुनै कारबाही गरेको छैन। सडक डिभिजन कार्यालयलाई त अधिकारीले प्रचण्डको आडमा थर्कमान बनाएर राखेको आरोप पनि छ। आज आइतबारदेखि त स्थानीयहरुले प्रचण्डका घरबेटीविरुद्ध चरणबद्ध आन्दोलन नै घोषणा गरेका छन्।

    सुनाकोठी नेवाज क्लब निरज महर्जन नेतृत्वको यूवाहरुको समूहले अब काम नगर्ने ठेकेदार अधिकारीविरुद्ध आन्दोलन गरी दबाब दिनेछ। त्यस क्षेत्रका राजनीतिक दल अन्य जनप्रतिनिधिलगायतले दबाब दिएपछि असोज १ गतेबाट कालोपत्रे सुरु गर्ने बताएका ठेकेदार अधिकारी कात्तिकको १६ गते हुँदासमेत बेपत्ता छन्। हिलाम्मे र धुालाम्मे भएपछि उक्त सडक हुँदै दैनिक हजारौँ सवारी आवातजावत हुने गरेको छ।

    आज आइतबारदेखि भने बिहान १० बजेबाट बेलुका ५ बजेसम्म कुनै पनि सवारी नचल्ने गरी बाटो बन्द हुनेछ। स्थानीयले कोरोनाको बेला समस्यामा परेका स्थानीयले सडकको धुलोले विभिन्न प्रकारका संक्रमणको जोखिम थपिएको बताएका छन्। उनीहरुले स्थानीयको स्वास्थ्यमाथि भएको खेलवाडको जिम्मा प्रचण्ड, प्रचण्डकी बुहारी बिना मगर, या ठेकेदार अधिकारी कस्ले लिने भन्दै प्रश्न पनि गरेका छन्। प्रचण्डकी बुहारी तथा खानेपानी मन्त्री मगर पनि अधिकारीकै घरमा बस्छिन्।

    प्रचण्डकाे घरबेटीकाे कम्पनी किसानलाइ चाहिने रसायनीक मल ल्याउने जिम्मा लिएर नल्याउने कम्पनी पनि हाे।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend