शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

लोडसेडिङ हटाएका कुलमानको कार्यकाल सकिँदै, उर्जामन्त्री पुन विदा गर्ने पक्षमा, यस्तो छ चलखेल

लोडसेडिङ हटाएका कुलमानको कार्यकाल सकिँदै, उर्जामन्त्री पुन विदा गर्ने पक्षमा, यस्तो छ चलखेल

  • मिडिया डबली
  • मंगलवार, श्रावण २० २०७७

  • 12.0K
    SHARES

  • लोडसेडिङ हटाएका कुलमानको कार्यकाल सकिँदै, उर्जामन्त्री पुन विदा गर्ने पक्षमा, यस्तो छ चलखेल

    काठमाडौं–  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिन लागेको छ।

    उनको कार्यकाल भदौ २९ गते सकिँन लागेको हो। देशभरको १८ घण्टासम्मको लोडसेडिङ हटाएर उनी हिरो बनेका थिए।  

    ऊर्जा क्षेत्रको सिस्टम उनले जति अरुले नबुझेको र ऊर्जा क्षेत्रकै विकासका लागि उनी दोहोरिनुपर्ने मत एकातर्फ बलियो छ भने अर्कोतर्फ एउटै व्यक्ति दोहोरिरहनुपर्ने आवश्यकता नभएको भन्ने मत पनि छ । 

    अहिले प्राधिकरण भित्र र बाहिर कुलमानलाई निरन्तरता दिने कि नयाँ ल्याउने भन्ने बहस शुरु हुन थालेको छ । केहीले वर्तमान ऊर्जामन्त्री वर्षमान पुनको पालामा उनको पुनरागमनको सम्भावना  न्युन रहेको पनि भनिरहेका छन् ।

    यद्यपि, प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्त मन्त्रिपरिषद्को निर्णयबाट हुने हो । यसमा दल निकट व्यक्ति राख्ने प्रतिस्पर्धा समेत हुने गरेको छ ।  

    अहिले ऊर्जामन्त्री तत्कालीन माओवादीबाट प्रतिनिधित्व गर्छन् । घिसिङलाई तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले प्राधिकरणमा ल्याएका थिए । तत्कालीन माओवादीले घिसिङलाई नियुक्त गरेको भएपनि साविकको माओवादीभित्र पनि विभिन्न गुट उपगुट हावी रहेकाले आफू निकटका व्यक्ति ल्याउन  चर्को लबिङ भइरहेको बताइन्छ ।  

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले घिसिङलाई निरन्तरता दिन नसकिने भन्दै आफू निकटहरुसँग घिसिङको विकल्प खोज्नुपर्ने बताउन थालेका छन् ।

    लोडसेडिङ अन्त्य गर्न र विद्युत उत्पादनमा सक्षम देखिएपनि अहिले प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङको विकल्पमा विद्युत विकास विभागका महानिर्देशक नविनराज सिंहको नाम समेत चर्चामा ल्याइएको छ ।

    ऊर्जामन्त्री पुनले घिसिङको ठाउँमा विभागका सिंह ल्याउने तयारी गरेको स्रोत बताउँछ । यता प्राधिकरणकै उपकार्यकारी निर्देशक शेर सिंह भाटको नाम पनि चर्चामा आउन थालेको छ ।

    यसैगरी केहीले पुनर्निर्माण प्राधिकरणका सुशील ज्ञवालीको नाम पनि चर्चा गर्न थालेका छन् । घिसिङ २०७३ सालको भदौ २९ गते मन्त्रिपरिषद् बैठकबाट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।

    असोज १ बाट उनले कार्यभार सम्हाले । उनको कार्यकाल सकिनै लाग्दा प्राधिकरणको कार्यकारी निर्देशकमा विभिन्न नामहरु चर्चामा आउन थालेका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र १४ २०७७०४:३२:०१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend