काठमाडौं- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा असोज ११ गतेबाट जोरबिजोर प्रणालीबाट पठनपाठन गर्ने निर्णय भएको छ। बुधबार शिक्षा समितिको बैठकले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख कृष्णहरि थापाले बताएका छन् ।
असोज ११ गते आईतबार देखी असोज २५ गते आइतबारसम्म कक्षा १ देखि कक्षा १२ सम्म जोरबिजोर गरी पढाइ हुनेछ ।
वैकल्पिक माध्यमबाट कक्षाकोठा जस्तो प्रभावकारी पढाइ नहुने भन्दै विद्यार्थीहरूलाई २ देखि ३ सिफ्टमा विभाजन गरी स्कुलमै पठनपाठन गराउने निर्णय भएको नगरपालिकाले जनाएको छ ।
स्वास्थ्य मापदण्ड पालना गर्दै कक्षा १ देखि कक्षा ५ सम्म बिहान ११ बजेदेखि २ बजे सम्म पढाई सञ्चालन गरिने र कक्षा ६ देखि कक्षा १२ सम्म बिहान ७ बजेदेखि १० बजेसम्म र आवश्यकता अनुसार दिनको ३ बजेदेखि ६ बजेसम्म पढाई सञ्चालन हुने भएको छ । बढीमा हप्ताको ३ दिन मात्रै स्कुलमा पठनपाठन गराइने छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।