काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य डा चन्द्र भण्डारीलाई अरुको विरोध गर्नुअघि जनताको मन जितेर आउन भन्दै कडा सुझाव दिएका छन् ।
नेपाली कांग्रेस कोभिड १९ अनुगमन समितिको प्रदेश नं ५ स्तरीय डिजिटल भेलामा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेता भण्डारीलाई यस्तो सुझाव दिएका हुन् ।
यसबीच देउवाले नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले सभापतिको विरोध गर्न छुट रहेको बताएका छन् । सभापति देउवाले प्रजातन्त्रमा जनता जनार्दन भएकोले जनताबाट अनुमोदित भएर आउनु महत्वपूर्ण भएको बताएका हुन ।
१२ औ महाधिवेशनमा शुसील कोइराला समुहबाट केन्द्रीय सदस्य निर्वाचित भएका भण्डारी १३ औ महाधिवेशनमा देउवा समुहबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । कांग्रेस माओवादी सरकारमा देउवाले मन्त्री नबनाएपछि भण्डारी देउवासँग चिडिएका थिए । २०७४ को प्रतिनिध सभा निर्वाचनमा गुल्मीबाट पराजित भएपछि देउवाको झनै विरोधमा उत्रेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।