काठमाडौं- आज (बिहीबार) नै राष्ट्रियसभा सदस्यमा मनोनित भएका वामदेव गौतमले सपथ लिएका छन् । प्रतिनिधि सभाको निर्वाचनमा बर्दिया १ का जनताले अयोग्य ठानेर भोट नदिँदा हारेका वामदेवलाई नेकपाले सांसद बनाउँन सिफारिस गरेको हो ।
बिहीबार अपराह्न राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।
यसअघि वामदेवको ठाँउमा निवर्तमान अर्थमन्त्री युवराज खतिवडा रहेका थिए । उनको अर्थमन्त्रीको कार्यावधि सकिएसँगै उनले राजीनामा दिएपछि राष्ट्रियसभा सदस्यको पद खालिएको थियो ।
चुनाव हारेका वामदेवले गत फागुनमा नै यो पद ताकिसकेका थिए । अनेकन राजनीतिक दाउपेचपछि अन्तमा वामदेवले चुनाव हारेपनि सांसद भएरै छोडेका हुन् । यसबाट नेपालमा पद र कुर्सीका लागि राजनेता के केसम्म गर्न सक्छ भन्ने पुष्टि भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।