काठमाडौं - नेकपाका उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य मनोनीत भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनीत गरेकी हुन् । चार दिनअघि नै गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनयनका लागि मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सोहीअनुसार राष्ट्रपतिल गौतमलाई मनोनयन गरेकी हुन् ।
सांसद मनोनीत भएसँगै अब गौतम उपप्रधान तथा मन्त्री बन्ने आशमा छन् । तर प्रधानमन्त्री केपी ओलीले के गर्छन् ? भन्ने चासो सर्वत्र छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।