काठमाडौं - राजनीति अति क्रूर हुन्छ । आफ्नोलाई काखी च्याप्ने र विरोधीलाई सिध्याउने काम राजनीतिमा मात्र हुन्छ । झन् नेपालमा त आफ्ना विरोधीलाई सिध्याउन राज्यसत्ताको प्रयोग गरिँदै आएको छ ।
आफूभन्दा लोकप्रिय हुन कोही खोज्यो र लोकप्रिय भयो भने उसलाई यसरी पेलिन्छ कि उसलाई हत्तपत्त उठ्न निकै गाह्रो हुन्छ । नेपालमा पछिल्लो समय यस्तै दृश्य देखिँदै गएको छ ।
सरकार प्रमुख केपी ओली आफूलाई निकै लोकप्रिय र बलशाली सम्झिन्थे । त्यही भएर पार्टी र सरकारमा आफूले जे चाह्यो त्यही निर्णय गर्दै आइरहेका छन् ।
जनतालाई पूरा गर्नै नसकिने विकासका नारा सुनाएर चुनाव जितेपछि प्रधानमन्त्री बनेका ओली त्यसपछि क्रमशः खस्किँदै गएका छन् ।उनले चुनावका बेला बोलेका एउटा पनि काम पूरा गर्न सकेका छैनन् । जनताले अहिले आलोचना गरेपछि उनी क्रूद्ध बनेका छन् ।
देशका प्रधानमन्त्री सबैभन्दा लोकप्रिय र जनताले मानेका हुनुपर्ने हो । तर, नेपालमा कुलमान घिसिङ, डा.गोविन्द केसी, महावीर पुनले प्रधानमन्त्रीको लोकप्रियतालाई भुइँमै झारिदिएका छन् ।
अहिलेको अवस्थामा हेर्ने हो भने कुलमान, गोविन्द र महावीरका लाखौं समर्थक र प्रशंसक छन् । तर, ओलीको समर्थक संकुचित हुँदै गएका छन् । जजसले ओलीसँग नियुक्ति र अवसर पाएका छन्, पाउने आशमा छन्, तिनीहरूबाहेक अरु देखिएका छैनन् ।
आफूभन्दा लोकप्रिय भएकै कारण सरकारले कुलमानलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति दिएन । डा.गोविन्द केसीलाई आँखाको तारो बनाइयो ।
उनलाई निमुखाको उपचार गर्न रोक लगाइयो । महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई कुनै सहयोग गरिएन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।