काठमाडौं- पूर्व डिआइजी रमेश खरेलले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णयप्रति कडा व्यङ्य प्रहार गरेका छन् ।
खरेलले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्,’विज्ञको कोटामा अर्थमा विशेष ज्ञान भएका प्रत्यक्ष निर्वाचनमा पराजित गौतमलाई राष्ट्रिय सभाको रिक्त सदस्य पदमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस । अब देशले विकाशमा फडको मार्ने पक्का । अब विदेश जांदा डलर र स्वदेश आऊदा सुनको विमानमा आवत जावत गर्न पाईने। मन्त्रिपरिषद्लाई बधाई ।’
हिजोको मन्त्रिपरिषद्को बैठकले बर्दियाबाट चुनाव हारेका गौतमलाई राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।