काठमाडौं- सरकारले अब सबै कोरोना संक्रमितको उपचार आफुले नगर्ने तयारी अघि बढाएको छ । कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ५५ हजार नाघेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतकाे आपत्कालीन कार्यसञ्चालन केन्द्रले अब गरिब, विपन्न कोरोना संक्रमितको मात्रै उपचार गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसमेत उपस्थित मन्त्रालय अन्तर्गतको 'इन्सिडेन्ट कमाण्ड सेन्टर'को आइतबार बसेको बैठकले यो निर्णय गरेपछि सबै संक्रमितको उपचारको जिम्मेवारीबाट सरकार पछि हट्न थालेको हो।
बैठकले विभिन्न १२ वटा निर्णय गरेको छ। जसमध्ये निर्णय नम्बर ८ मा कोरोनाका चिन्ह वा लक्षण देखिएका व्यक्तिहरुको मात्रै उपचार गर्ने जनाइएको छ। 'चिन्ह वा लक्षण देखिएका व्यक्तिहरुको मात्रै उपचार व्यवस्थापन गर्ने स् विपन्न नागरिकको उपचार निस्शुल्क गर्ने, अन्यको उपचार आफ्नै खर्चमा गर्ने।', उक्त निर्णयमा भनिएको छ।
उक्त बैठकका सबै निर्णय मन्त्रालयले कार्यान्वयनार्थ मातहतका निकायमा पठाइसकेको छ। यी निर्णय कार्यान्वयनका लागि अधिकारीले हस्ताक्षर गरेर मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डे, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी सदस्य सचिव डा प्रदीप ज्ञवाली र मन्त्रालयकै व्यवस्थापन महाशाखाका प्रमुख डा रमेश खरेल ती निर्णय कार्यान्वयनका लागि पत्र पठाएका हुन्।
अब यो निर्णय क्याबिनेटबाट पास भयो भने कोरोना संक्रमित विपन्न नागरिकको मात्रै उपचार खर्च सरकारले व्योहोर्ने छ । सरकारले अहिलेसम्म कोरोनाका सबै संक्रमितहरुको उपचार खर्च व्यहोरिरहेको थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।