सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक बिशेष

अर्बौ घोटालामा मुछिएका ओलीका यी विश्वासपात्रलाई अख्तियारमा ल्याउन रातारात यस्तो सेटिङ

अर्बौ घोटालामा मुछिएका ओलीका यी विश्वासपात्रलाई अख्तियारमा ल्याउन रातारात यस्तो सेटिङ

  • मिडिया डबली
  • सोमवार, भाद्र २९ २०७७

  • 11.0K
    SHARES

  • अर्बौ घोटालामा मुछिएका ओलीका यी विश्वासपात्रलाई अख्तियारमा ल्याउन रातारात यस्तो सेटिङ

     काठमाडौं - प्रधानमन्त्री केपी ओलीको साढे दुई वर्षे कार्यकालमा जति ठूला भ्रष्टाचारका काण्ड अहिलेसम्म देखिएको छैन ।

    वाइडबडी खरिद, सेक्युरिटी प्रेस खरिद, आयल निगमको जग्गा खरिद, रेलवेको जग्गा टेन्डर प्रकरण, सरकारी जग्गा यति र ओम्नी समूहलाई दिने निर्णयलगायतमा ठूला भ्रष्टाचारका काण्ड भएका छन् ।

    यी सबै काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मौनता साँधेको छ । कतिसम्म भने ठूला भ्रष्टाचार काण्डलाई अख्तियारले तामेलीमा राखेको छ ।

    यस्तै, तामेलीमा राखेकोमध्ये आयल निगमको जग्गा खरिद प्रकरण पनि हो । जसमा एक अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गर्ने गराउने व्यक्तिहरुलाई ठाडै उन्मुक्ति दिनेगरी मुद्दाको फाइल बन्दगरी तामेलीमा राखिएको छ ।

    अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरेले जाँदाजाँदै यस्तो निर्णय गराएका हुन् । जग्गा खरिदमा पूर्वसचिव प्रेमकुमार राई पनि मुछिएका छन् । तर, उनलाई उन्मुक्ति दिने गरी मुद्दा तामेलीमा राखिएको बताइन्छ ।

    राई पूर्वएमाले निकट कर्मचारी हुन् । लामो समयदेखि गृह मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उनले काम गरिसकेका छन् । राई अहिले अख्तियारमा प्रमुख आयुक्त वा आयुक्तका दाबेदार हुन् ।

    राईलाई अख्तियारमा आयुक्त बनाउन प्रधानमन्त्री केपी ओलीले नै चासो देखाएका छन् । सोही कारण पनि उनी संलग्न रहेको भ्रष्टाचार काण्डलाई तामेलीमा राखिएको स्रोतले बताएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend