आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

वामदेव गौतम फेरि ओली र प्रचण्डको भकुण्डो

वामदेव गौतम फेरि ओली र प्रचण्डको भकुण्डो

  • मिडिया डबली
  • शनिवार, भाद्र २७ २०७७

  • 6.6K
    SHARES

  • वामदेव गौतम फेरि ओली र प्रचण्डको भकुण्डो

     काठमाडौं - सत्तारुढ नेकपा स्थायी कमिटीको चर्चित बैठक शुक्रबार सकिएको छ । तीन महिनाअघि सुरु भएको बैठक विभिन्न विवादका कारण चर्चामा रह्यो । प्रधानमन्त्री केपी ओली र प्रचण्डबीच निकै टसल देखियो ।

    तर, सबैभन्दा आलोचनाको केन्द्रविन्दु पार्टी उपाध्यक्ष वामदेव गौतम रहे । ओली र प्रचण्डलाई सहमतिमा ल्याउन गौतमको भूमिका निकै रह्यो । कहिले केपी ओली त कहिले प्रचण्डको कित्तामा देखिने वामदेव दुवै नेताको भकुण्डो बनिरहे ।

    ओली र प्रचण्डले पनि आफ्नो अनुकूलतामा प्रयोग गरिरहे । यसबीचमै वामदेवले अघि सारेको ६ बुँदे प्रस्तावले नेकपाको विवाद मत्थर पार्न धेरै भूमिका खेल्यो । प्रचण्ड र ओली दुवैले आफ्नो अनुकूलतामा प्रयोग गर्न वामदेवलाई प्रधानमन्त्रीको ललिपप पनि देखाए ।

    राष्ट्रिय सभा सदस्य बनाउने आश्वासन दिए । पार्टी सचिवालयको बैठकबाट निर्णय पनि गराए । तर, नेकपाको स्थायी कमिटीको बैठकबाट वामदेवलाई सांसद बनाउने कुनै निर्णय भएन । पार्टी प्रवक्ता नाराणकाजी श्रेष्ठले समेत कुनै छलफल नै नभएको बताएका छन् ।

    ‘प्रधानमन्त्री केपी ओलीकै प्रस्तावमा उहाँलाई राष्ट्रिय सभामा लैजाने निर्णय भएको हो। तर, सिफासिर ढिलाइ हुनुमा उहाँकै कुरा भयो,’ प्रवक्ता श्रेष्ठले भने ।

    गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गत बिहीबार बसेको सचिवलायले निर्णय गरेको थियो। तर, राष्ट्रिय सभामा पठाउने निर्णय गरेको भए पनि प्रधानमन्त्री ओलीले राष्ट्रपतिसमक्ष सिफारिस गरेका छैनन्। यसबीच ओलीले सिफारिस नगर्नुलाई निकै शंकाको रूपमा हेर्न थालिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १५ २०७७०२:२४:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend