काठमाडौं- आजबाट, एक जिल्लाबाट अर्काे जिल्ला जाने व्याक्तिले अनिवार्य रुपमा आफ्नै खर्चमा क्वारेन्टिनमा बस्नु पर्ने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको छ ।
बिहीबार नियमित प्रेस ब्रिफिङमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विदेशबाट आउने वा एक जिल्लाबाट अर्को जिल्लामा जाने व्यक्ति अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने बताएका हुन् ।
क्वारेन्टाइनमा बस्दा लाग्ने खर्च आफैंले व्यहोर्नुपर्ने छ । कोरोना संक्रमण बढ्दै गएको तथा पीसीआर परीक्षण महंगो पर्ने भएकाले अबदेखि अनिवार्य १४ दिनको क्वारेन्टाइनमा बस्नुपर्ने र खर्च स्वयं व्यहोर्नुपर्ने प्रावधान लागू गरेको मन्त्रालयले जनाएको छ ।
यो नियम काठमाडौं प्रवेश गर्ने र यहाँबाट बाहिरी जिल्ला जानेहरूको हकमा पनि लागू हुने छ । क्वारेन्टाइनमा बस्दा कोरोना संक्रमणको लक्षण नदेखिए पीसीआर नगरिने उनले स्पष्ट पारे ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।