बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

देशभर थप ६४९ अस्पताल बन्दै, स्वास्थ्य मन्त्रालयले दियाे यस्ताे निर्देशन !

देशभर थप ६४९ अस्पताल बन्दै, स्वास्थ्य मन्त्रालयले दियाे यस्ताे निर्देशन !

  • मिडिया डबली
  • बुधवार, भाद्र २४ २०७७

  • 6.1K
    SHARES

  • देशभर थप ६४९ अस्पताल बन्दै,  स्वास्थ्य मन्त्रालयले दियाे यस्ताे निर्देशन !

    काठमाडौं- सरकारले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार गर्नका लागि सरकारले प्रत्येक स्थानीय तहलाई गरेर  देशभर ६४९ अस्पताल तत्कालन बनाउँन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल नभएका  ६४९ स्थानीय तहलाई पाँच शय्याका अस्पताल बनाउन दिर्नेशन दिएको हो ।

    कोभिड–१९ संक्रमणका बिरामी राख्न शय्याको अभाव भएकाले अस्थायीरूपमा अस्पताल तत्काल बनाउन मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ती स्थानीय तहलाई निर्देशन दिएको  मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बताएका छन् । 

    ती अस्पतालमा एक चिकित्सक, दुई नर्स र एक कार्यालय सहयोगी हुनेछन्। मन्त्रालयले ती अस्पतालको कार्यप्रगतिका आधारमा बजेट थप गर्ने मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताए। 

    मन्त्रालयले प्रतिश्यया रु दुई लाखका दरले बजेटसमेत कोष तथा लेखा नियन्त्रण कार्यालयबाट निकासा गरिरहेको छ। अस्पतालका लागि तीन महिनाको श्ययाका लागि रु पाँच लाख, औषधि रु ५० हजार र चिकित्सक, स्वास्थ्यकर्मीका लागि रु चार लाख ५० हजार बजेट विनियोजन गरी पठाइसकेको छ।


    पाँच शय्याका दरले ती स्थानीय तहमा तीन हजार २४५ श्ययाका अस्पताल बन्नेछन् । अहिले नेपालमा ४८ हजार १३८ जना कोभिड–१९ बाट संक्रमित भएका छन्। यस्तै ३२ हजार ९६४ निको र ३०६ जनाको संक्तमणबाट मृत्यु भएको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend