सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
विपी जयन्ती

आज १०७ औँ विपी जयन्ती : देशभर विभिन्न कार्यक्रम गरि मनाइदै

आज १०७ औँ विपी जयन्ती : देशभर विभिन्न कार्यक्रम गरि मनाइदै

  • मिडिया डबली
  • बुधवार, भाद्र २४ २०७७

  • 4.1K
    SHARES

  • आज १०७ औँ विपी जयन्ती : देशभर विभिन्न कार्यक्रम गरि मनाइदै

    काठमाडौं- प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०७ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी देशभर भब्य रुपमा मनाइने भएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको जन्म विक्रम संवत १९७१ भदौ २४ गते भएको थियो ।

    जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानु परेको थियो । भारत निर्वासनकै क्रममा उहाँको नेतृत्वमा विक्रम संवत २००३ मा नेपाली राष्ट्रिय काँग्रेसको स्थापना भएको थियो ।

    प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र काँग्रेसका बीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भयो । दुवै दल एकीकृत भई बनेको नेपाली काँग्रेस अहिले पनि संसदमा प्रमुख प्रतिपक्षी दलका रुपमा क्रियाशील रहेको छ ।

    क्रान्तिको सफलतापछि मोहनशम्शेरको नेतृत्वमा बनेको राणा–काँग्रेस सरकारमा बिपी गृहमन्त्री बनेका थिए । २०१५ सालको आमनिर्वाचनमा काँग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि उहाँ प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका हुन्।

    २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्किएका उनको क्यान्सर रोगबाट विसं २०३९ साउन ६ गते निधन भएको थियो । 

    कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार बिहान विज्ञप्ति जारी गर्दै  भदौ २४, २५ र २६ गते जुम एपमार्फत् बिभिन्न शीर्षकमा विचार गोष्ठी गरेर बीपीको जन्मजयन्ती मनाइने जानकारी दिएको छन्।

    आज दिउँसो १ बजे ‘बीपीको विचार नेपालको समन्नतिको मूल बाटो’ विषयको विचार गोष्ठी आयोजना हुने बिज्ञप्ति मार्फत जानकारी दिइएको छ । यस कार्यक्रममा मुख्य वक्ताको रुपमा पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेललगायत सहभागी हुने बताइएको छ।

    यसैगरी भदौ २५ गते दिउँसो १ बजे नै ‘नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिमा वीपीको योगदान’ विषयमा विचार गोष्ठी हुने छ । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले संयोजन गर्ने सो कार्यक्रममा उपसभापति विमलेन्द्र निधि र विज्ञहरुको सहभागीता रहने छन् ।

    यसैगरी भदौ २६ गते दिउँसो १ बजे नै ‘विचार निर्माण एवं प्रचारमा वीपीको शैलीको आलोकमा अबको रणनीति’ विषयमा विचार गोष्ठी आयोजना गरिने कांग्रेसले बताएको छ । सूचना, संचार तथा प्रचार विभागले संयोजन गर्ने यो कार्यक्रममा नरहरी आचार्य, प्रदीप गिरिलगायतका नेताहरु वक्ताका रुपमा रहने बिज्ञप्ति मार्फत जानकारी दिइएको हो।

    कांग्रेसले बीपी जयन्ती भौतिक दुरी कायम गरेर, मास्क प्रयोग गरेर वा भर्चुअल विधिबाट मनाउन जिल्ला र विदेशस्थित सम्पर्क समितिलाई एक साताअघि नै परिपत्र गरिसकेको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २३ २०७७०१:००:१२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend