सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
आजको विशेष

कांग्रेसले जननेता बीपी जन्मजयन्ती तीन दिनसम्म मनाउने, जारि गर्यो बिज्ञप्ति

कांग्रेसले जननेता बीपी जन्मजयन्ती तीन दिनसम्म मनाउने, जारि गर्यो बिज्ञप्ति

  • मिडिया डबली
  • मंगलवार, भाद्र २३ २०७७

  • 6.5K
    SHARES

  • कांग्रेसले जननेता बीपी जन्मजयन्ती तीन दिनसम्म मनाउने, जारि गर्यो बिज्ञप्ति

    काठमाडौं - प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस केन्द्रीय समितिले जननेता बीपी कोइरालाको १०७ औं जन्मजयन्ती तीन दिनसम्म विचार गोष्ठी आयोजना गरेर मनाउने भएको छ ।

    कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार बिहान विज्ञप्ति जारी गरेर भदौ २४, २५ र २६ गते जुम एपमार्फत् बिभिन्न शीर्षकमा विचार गोष्ठी गरेर बीपीको जन्मजयन्ती मनाइने जानकारी दिएको हो ।

    भदौ २४ गते दिउँसो १ बजे ‘बीपीको विचार नेपालको समन्नतिको मूल बाटो’ विषयको विचार गोष्ठी आयोजना हुने बिज्ञप्ति मार्फत जानकारी दिइएको छ । यस कार्यक्रममा मुख्य वक्ताको रुपमा पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेललगायत सहभागी हुने बताइएको हो।

    यसैगरी भदौ २५ गते दिउँसो १ बजे नै ‘नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिमा वीपीको योगदान’ विषयमा विचार गोष्ठी हुने छ । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले संयोजन गर्ने सो कार्यक्रममा उपसभापति विमलेन्द्र निधि र विज्ञहरुको सहभागीता रहने छन् ।

    यसैगरी भदौ २६ गते दिउँसो १ बजे नै ‘विचार निर्माण एवं प्रचारमा वीपीको शैलीको आलोकमा अबको रणनीति’ विषयमा विचार गोष्ठी आयोजना गरिने कांग्रेसले बताएको छ । सूचना, संचार तथा प्रचार विभागले संयोजन गर्ने यो कार्यक्रममा नरहरी आचार्य, प्रदीप गिरिलगायतका नेताहरु वक्ताका रुपमा रहने बिज्ञप्ति मार्फत जानकारी दिइएको हो।

    कांग्रेसले बीपी जयन्ती भौतिक दुरी कायम गरेर, मास्क प्रयोग गरेर वा भर्चुअल विधिबाट मनाउन जिल्ला र विदेशस्थित सम्पर्क समितिलाई एक साताअघि नै परिपत्र गरिसकेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र २४ २०७७०९:१४:५४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend