काठमाडौं - प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमणक पोजेटिभ देखिएको छ । पहिलोपटक रिपोर्ट शंकास्पद आएपछि उनले पुनः परीक्षण गर्न स्वाब दिएका थिए ।
कोइरालालाई सोमबार ९९.८ जरो ज्वरो आएको थियो । आफुलाई शंका लागेपछि सोमबार नै धुम्बाराहीको ह्याम्स अस्पतालमा स्वाब दिएका थिए ।
उक्त अस्पताल बाट कोइरालाको रिपोर्ट शंकास्पद आएपछि रिकन्फर्म गर्न टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको थियो ।
यसैबीच कोइरालाका स्वकीय सचिव भरत तिवारीले उनलाई कुनै समस्या नदेखिएको बताएका छन्। मिडिया डबलीसंग कुरा गर्दै उनले भने, ‘उहाँको स्वास्थ्यमा कुनै समस्या छैन। केही संक्रमित भेटिएको जानकारी आएपछि स्वाब दिइएको थियो।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।