आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

निधि र कोइरलाबीच गोप्य भेट बार्ता, के भयो कुराकानी ?

निधि र कोइरलाबीच गोप्य भेट बार्ता, के भयो कुराकानी ?

  • मिडिया डबली
  • शुक्रवार, श्रावण ९ २०७७

  • 7.8K
    SHARES

  • निधि र कोइरलाबीच गोप्य भेट बार्ता, के भयो कुराकानी ?

    काठमाडौं - नेपाली कांग्रेसभित्र १४औँ महाधिवेशन नेताहरूलाई लागेका बेला उप–सभापति विमलेन्द्र निधि र महामन्त्री डा.शशांक कोइरालाबीच गोप्य भेटवार्ता भएको छ ।

    काठमाडौंको महाराजगञ्जस्थित डा.कोइरालाको निवासमा ती दुई नेताबीच सम्वाद भएको हो । दुई दिन अगाडि डा.कोइरालालाई भेट्न निधि निवासमै पुगेको उच्च स्रोतले जनाएको छ ।

    डा.कोइराला वीपी कोइरालाका कान्छा छोरा हुन् । निधि महेन्द्रनारायण निधिका छोरा हुन् । दुबैले १४औँ महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने भित्रभित्रै तयारी गरेका छन् । निधि सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।

    डा.कोइराला वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिए पनि डा.कोइरालाले आफै गुट चलाएर बसेका छन् ।

    डा.कोइरालाले वरिष्ठ नेता पौडेललाई सभापतिमा साथ दिने सम्भावना निकै कम देखिएको छ । स्रोतका अनुसार आगामी महाधिवेशनमा कसरी जाने भन्ने विषयमा उनीहरूका बीच कुराकानी भएको छ ।

    निधि र डा.कोइरालाबीच विभागहरूको विवादका विषयमा पनि छलफल भएको दाबी गरिएको छ । तर, सो विषयमा कुनै सहमति भएको छैन ।

    निधिले देउवालाई रोकेर १४औँ महाधिवेशनमा सभापतिमा उम्मेदवार बन्ने योजना बनाएका छन् । महामन्त्री डा.कोइरालाले पनि सभापतिमा उम्मेदवारी दिन सार्वजनिक रुपमा बताइसकेका छन् ।

    उता, गणेशमान सिंहका छोरा प्रकाशमान सिंहले पनि सभापति पदमा उम्मेदवारी दिने तयारी गरेको स्रोतको दाबी छ ।

    डा.शेखर कोइरालाले पनि सभापतिमा उम्मेदवारी दिने बताइसकेका छन् । सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सभापतिमा उम्मेदवारी दिने संकेत गरिसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, पौष ६ २०७८०५:५०:२३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend