सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सोमबार विहानै गण्डकी प्रदेशमा थपिए ६७ कोरोना संक्रमित, अवस्था गम्भीर

सोमबार विहानै गण्डकी प्रदेशमा थपिए ६७ कोरोना संक्रमित, अवस्था गम्भीर

  • मिडिया डबली
  • सोमवार, भाद्र २२ २०७७

  • 3.9K
    SHARES

  • सोमबार विहानै गण्डकी प्रदेशमा थपिए ६७ कोरोना संक्रमित, अवस्था गम्भीर

    पोखरा– स्वास्थ्य कर्मचारी, पोखरा औद्योगिक क्षेत्रका कामदारसहित पोखरामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार बिहानै सार्वजनिक गरेको तथ्यांकअनुसार पोखराका ३१ जनासहित गण्डकी प्रदेशमा ६७ जना कोरोना संक्रमित थपिएका छन् ।

    पोखरामा संक्रमण पुष्टि भएका ३१ जनामध्ये पोखरा औद्योगिक क्षेत्रस्थित पोखरा फुड्स प्रालिका कामदारमात्र २५ जना छन् । जोखिम क्षेत्रका व्यक्तिमा स्वाब परीक्षण गर्दा बिहीबारमात्र पोखरा औद्योगिक क्षेत्रका ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    पोखराको मेडिसिटी अस्पतालमा उपचाररत २ जना बिरामीमा पनि संक्रमण देखिएको छ। पश्चिमाञ्चल सामुदायिक अस्पतालका २ जना स्टाफ नर्ससहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका २ नर्स र २ जना कार्यालय सहयोगी गरी ४ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

    गण्डकी प्रदेशको नवलपुरको देउचुली नगरपालिका एक स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छ । देउचुलीमा स्वास्थ्यकर्मीसहित २१ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

    यसैगरी गोरखा र पालुङटार नगरपालिकामा थप १८ जना कोरोना संक्रमित थपिएका छन् । तनहुँको ब्यास नगरपालिकामा पनि थप ३ जनामा संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो समय पोखरामा तीव्र गतिमा कोरोना संक्रमणको दर बढिरहेको छ । समुदायका विभिन्न क्षेत्रमा संक्रमण फैलिएको छ । पोखरामा आइतबारमात्र २० जनामा संक्रमण देखिएको थियो ।

    गण्डकी प्रदेशमा आइतबार ८५ जनामा थप संक्रमण पुष्टि भएको थियो । योसँगै सोमबार बिहानसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ५ सय ९८ जना पुगेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३ २०७७०७:०८:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend