काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार एक युवतिले निवेदन दिइन् । निवेदनमा राष्ट्रियसभा सदस्य बन्नका लागि आफु नेकपाका वरिष्ठ नेता वामदेव गौतम भन्दा योग्य रहेको भन्दै आफुलाई सिफारिस गर्न आग्रह गरिएको थियो ।
नेकपा पार्टीभित्रको विवाद साम्य गर्न अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल मिलेर वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउँने निर्णय गरेका छन् ।
संघीय सांसदको लागि भएको पछिल्लो पटकको चुनावमा बर्दिया क्षेत्र नं १ बाट काँग्रेस सांसद सञ्जयकुमार गौतमसँग हारेका वामदेवलाई राष्ट्रियसभा सदस्य बनाउँने निर्णय ओलीले नै सुनाएका थिए ।
नेपालको संविधानको धारा ८७ ले राष्ट्रिय सभाको सदस्य बन्नको लागि नेपालको नागरिक भएको हुनुपर्ने, पैंतीस वर्ष उमेर पूरा, नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको, कुनै संघीय कानुनले अयोग्य नभएको र कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्ने उल्लेख गरेको छ।
आफुसँग सबै योग्यता रहेको बताउँदै ती महिलाले निवेदन दिएकी थिइन् । आखिर को हुन त ती महिला जस्ले प्रधानमन्त्री कार्यालयमै गएर राष्ट्रियसभा सदस्य बन्नका लागि निवेदन दिइन् ।
यतिमात्रै हैन्, ती महिलाले एक सञ्चारमाध्यमलाई वामदेवजी जनताले मन नपराएका नेता हुन्, म जनतासँग मत माग्न नगएको नेपाली नागरिक हुँ । त्यसैले उहाँभन्दा मेरै योग्यता बढी छ । भन्ने तर्क दिँदै सदस्यको दाबी गरेकी छन् ।
प्रधानमन्त्री कार्यालयमा निवेदन दिने महिला स्थायी घर चितवन भई हाल काठमाडौंको कीर्तिपुरमा स्थित त्रिभुवन बिश्वबिद्यालयमा अध्ययनरत विद्यार्थी तारा बराल हुन् । मानवशास्त्र केन्द्रीय विभागबाट एमफिल गर्दै गरेकी बरालको अहिले चौतर्फी चर्चा भइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।