काठमाडौं - नेकपा उपाध्यक्ष वामदेव गौतमलाई मन्त्री बन्न संविधान नै बाधक देखिएको छ । संविधानमा प्रतिनिधिसभामा पराजित भएका व्यक्ति त्यो
प्रतिनिधिसभाको कार्यकालभर मन्त्री बन्न योग्य नहुने उल्लेख छ । नेकपा सचिवालय बैठकले वामदेवलाई राष्ट्रिय सभा सदस्यमा मनोनीतका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
वामदेवले पनि आफू संघीय संसद्मा पुगेपछि उपप्रधानमन्त्री र अर्थमन्त्री बन्ने घोषणा गरिसकेका छन् । तर, संविधानले उनलाई मन्त्री बन्न अयोग्य ठहर गरेको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।