काठमाडौं– एकपटक कोरोना लागेर निको भएका व्यक्ति चार महिनासम्म सुरक्षित रहने एक अध्ययनले देखाएको छ। आइसल्यान्डमा गरिएको एक अध्ययनले यस्तो देखाएको हो।
कोरोनाबाट मुक्त त्यहाँका ३० हजार जनामा गरिएको अध्ययनले कोरोना संक्रमणपछि बन्ने ‘एन्टिबडी’ (भाइरसप्रतिरोधी शक्ति) ले कम्तीमा चार महिना काम गर्ने पत्ता लगाएको हो।
यो नै पहिलो अध्ययन हो, जसले भाइरविरुद्ध एन्टिबडीले यति लामो समयसम्म काम गर्ने दाबी गरेको बीबीसीले जनाएको छ।
यो अध्ययन आइसल्यान्डस्थित बायोटेक कम्पनी जेनेटिक्सले गरेको हो। जुन अध्ययन प्रतिवेदन द न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित छ।
यसअघिका सीमित अध्ययनले कोरोना संक्रमणपछि शरीरमा बन्ने एन्टिबडीले केही (छोटो) समय मात्र काम गर्ने र हराएर जाने निष्कर्ष निकालेका थिए।
विज्ञका अनुसार कोरोना भाइरसले संक्रमण गरेपछि शरीरमा त्यसविरुद्ध लड्ने शक्ति पनि विकास हुन्छ, जसलाई चिकित्सकीय भाषामा एन्टिबडी भनिन्छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।