काठमाडौं– नेपाली कांग्रेसको सूचना, सन्चार तथा प्रचार विभागमा ४८ सदस्य मनोनित भएका छन् । सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम प्रचार विभागमा सदस्यहरु मनोनित गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कांग्रेस सभापति देउवाले यसअघि १० वटा विभागहरुमा प्रमुख, उपप्रमुख, सचिव र सदस्यहरु मनोनित गरेका थिए । ती विभागहरुमा गरिएको मनोनयनको रामचन्द्र पौडेल पक्षले विरोध गर्दै आएको छ ।
कांग्रेसको सूचना, सन्चार तथा प्रचार विभागमा डा। सुरेश आचार्य उपप्रमुख र दिनेश थापा मगर सचिव छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।