काठमाडौं– चितवनको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २८ जना चितवन जिल्लाका छन् । अन्य ७ जना नवलपरासी, धनुषा, रुपन्देही, सिरहा र बाराका हुन्।
चितवनका २८ जनामध्ये भरतपुर महानगरपालिकामा १६ पुरुष र १० महिला गरी २६ जना संक्रमित थपिएका छन् । यसैगरी चितवनकै रत्ननगर नगरपालिकाका २७ वर्षीया एक महिला र राप्ती नगरपालिकाका ३५ वर्षीया एक महिलामा समेत संक्रमण देखिएको छ।
यस्तै नवलपरासीका २ पुरुष र एक महिलामा कोरोना संक्रमण देखिएको छ । अन्य संक्रमितहरु धनुषा, रुपन्देही, सिरहा र बाराका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।