सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

एकाबिहानै थपिए १० महिने शिशु सहित कोरोनाका ५३ संक्रमित, अवस्था भयावह हुँदै

एकाबिहानै थपिए १० महिने शिशु सहित कोरोनाका ५३ संक्रमित, अवस्था भयावह हुँदै

  • मिडिया डबली
  • सोमवार, भाद्र १५ २०७७

  • 5.7K
    SHARES

  • एकाबिहानै थपिए १० महिने शिशु सहित कोरोनाका ५३ संक्रमित, अवस्था भयावह हुँदै

    काठमाडौं–चितवनमा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला र धुलिखेलस्थित प्रयोगशालाबाट आइतबार राति प्राप्त विवरणमा चितवन ठेगाना भएका ५३ जनामा संक्रमण पुष्टि भएको हो। 

    संक्रमण पुष्टि हुनेहरु १० महिने शिशु देखि ६५ वर्षीया वृद्धासम्म छन्।चितवनका संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन्। ती मध्ये ६ जना महिला र ६ जना पुरुष छन्। उनीहरूको भरतपुर अस्पताल स्वाब केन्द्र, पुष्पाञ्जली अस्पताल, पुरानो मेडिकल कलेज र क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो।

    यस्तै पूर्वीचितवनको राप्ती नगरपालिकाका ६ जनामा संक्रमण पुष्टि भएको छ। ती मध्ये १० महिने शिशुसहित ४ महिला र २ जना पुरुष छन्। उनीहरूको राप्ती क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो।

    यसैगरि गोरखाका ४० वर्षीय पुरुष, रुपन्देहीका ६५ वर्षीया महिला र पूर्वी नवलपरासीका २४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ। उनीहरूको भरतपुर अस्पताल, क्यान्सर अस्पताल र पुरानो मेडिकल कलेजबाट स्वाब संकलन गरिएको हो।

    धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणमा चितवनमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरू सबैजना भरतपुर महानगरपालिकाका रहेको भरतपुर अस्पतालले जनाएको छ। संक्रमितहरूमा २१ जना पुरुष र १४ जना महिला रहेका छन्।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३ २०७७०७:०८:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend