सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नेकपाले आफ्नो खम्बानै ठान्ने नेता देउवा निवासमा नै पुगेर गरे कांग्रेस प्रवेश

नेकपाले आफ्नो खम्बानै ठान्ने नेता देउवा निवासमा नै पुगेर गरे कांग्रेस प्रवेश

  • मिडिया डबली
  • आइतवार, श्रावण २५ २०७७

  • 92.8K
    SHARES

  • नेकपाले आफ्नो खम्बानै ठान्ने नेता  देउवा निवासमा नै पुगेर गरे कांग्रेस प्रवेश

    काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का लोकप्रिय नेतालाई पार्टी प्रवेश गराएका छन् ।

    काठमाडौंको बुढानिलकण्ठस्थित निवासमा आइतबार बिहान देउवाले नेकपाका नेता एवम् प्रगतिशील वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष बलभद्र ढकाललाई पार्टी प्रवेश गराएका हुन् ।

    म्यादी कांग्रेसका नेता धनबहादुर छन्त्यालका अनुसार ढकालसहित तीन जना व्यक्ति कांग्रेस प्रवेश गरेका छन् । नेपाली कांग्रेस प्रवेश गरेका बलभद्र ढकाल म्याग्दी जिल्लाको मंगला गाउँपालिकाका नेकपाका नेता, पूर्वगाविस उपाध्यक्ष समेत हुन् । ढकाल नेकपा म्याग्दी–काठमाडौं सम्पर्क समितिका पूर्वअध्यक्ष समेत हुन् ।

    ढकाल कांग्रेसमा प्रवेश गरेपछि म्याग्दीमा कम्युनिस्टहरूलाई तनाब भएको छ । ढकाललाई नेकपाले आफ्नो खम्बानै ठान्थे । नेपाली कांग्रेस प्रवेश गर्नेमा बेनी नगरपालिका–३, भकिम्ली निवासी भीमबहादुर रोका र मंगला गाउँपालिका–४, अर्मले कि निवासी ईञ्जिनियर शरिश्मा खत्री रहेका छन् ।

    रोका वैदेशिक रोजगार व्यवसायी हुन् । पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री अर्जुन जोशी, नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बबहादुर गर्बुजा ‘खम्बीर’, कांग्रेस नेताहरू राजेन्द्र श्रेष्ठ, जित छन्तेल, दीपेन्द्र रिजाललगायतको उपस्थिति रहेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend