काठमाडौं–कोरोना भाइरसको गम्भीर असर देखिएको वीरगन्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। शनिबार मृत्यु हुनेमा एक जना ५० र ६८ वर्षीया महिला रहेका छन् ।
नारायणी कोरोना अस्थायी अस्पतालका चिकित्सक निरज सिंहका अनुसार दुवै महिला वीरगन्ज १६ निवासी हुन्। ५० वर्षीया महिलाको भने शुक्रबारै वीरगन्जस्थित बयोधा अस्पतालमा बिहान १० बजे निधन भएको थियो। पछि पिसिआर नतिजा आउँदा उनमा संक्रमण पोजेटिभ देखिएको हो।
अर्की ६८ वर्षीया महिलालाई पनि त्यही अस्पतालले शनिबार बिहान गण्डक अस्पताल रिफर गरेको थियो। डा।।सिंहले दुवै महिलामा निमोनियाको समस्या रहेको जनाए।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।