ग्लोबल इन्टरप्रेनरसीप बुटक्याम्प, जीइबीको तेस्रो संस्करण ईन्डोनेशियाको राजधानी जार्कातामा सफलताका साथ सम्पन्न

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, साउन २, २०७५

जार्काता- ग्लोबल इन्टरप्रेनरसीप बुटक्याम्प, जीइबीको तेस्रो संस्करण जुलाई २ देखी जुलाई ५ सम्म ईन्डोनेशियाको राजधानी जार्कातामा सफलताका साथ सम्पन्न भएको छ ।

 

उद्यमशिलता बिकास, अनुसन्धान एवं व्यबसायिक बिस्तारको लागि बिश्वमै उत्कृष्ट मानिएको ग्लोबल इन्टरप्रेनरसीप बुटक्याम्प ले युवाहरुको आधुनिक सोच लाई ब्यावसायिक मोडेलमा रुपान्तरण गर्ने एउटा महत्वपुर्ण कोशेढुङ्गा सावित भएको जीइबीका संस्थापक अध्यक्ष खगेन्द्र आचार्यले जानकारी दिनुभयो ।

 

उक्त कार्यक्रममा करिब ३५ भन्दा बढि राष्द्र बाट १६० भन्दा बढि सहभागी हरुको उपस्थितीमा बिल्कुलै नयाँ बिजनेश मोडलको बारेमा ४ दिन सम्म अन्तरक्रिया एवं छलफल भएको थियो ।

 

बिश्व प्रसिद्ध १७ जना बक्ताहरु सामेल उक्त जीइबी मा उद्यमशिलताको ब्यक्तिगत बिकास, आधारभुत माध्यम एवं उद्यमशिलता मा संलग्न ब्यक्ति हरुलाई उत्प्रेरणा दिन
महत्वपुर्ण बिषयहरुको बारेमा छलफल एवं सुझावहरु दिएका थिए ।

 

प्रख्यात वक्ताहरु जस्तै एमआइटी अमेरिका का प्रो.राजेश नायर, फोब्र्स ३० अन्डर ३० का मिजानुर रहमान किरोन र लियोनिका सारी, सोका बिश्वविद्यालय जापानका प्रा.डा. ताकेशी मियाजाकी, वोल्ड ईकोनोमिक फोरमका डा. रिनाड शिउ, जस्ट ईट युके का अरवपती अस अलि, सिङ्गापुर टेलिकम कम्पनिका डाईरेक्टर डोनाल्ड चाँग, ईन्डोनेशियाका अरवपती आन्ड्रियन लिम र डेबिड शोकासिङ्ग तथा अन्य बिश्व प्रसिद्ध बक्ताहरुले कार्यक्रममा आफ्नो अनुभव तथा उद्यमशिलता बिकासका निम्ति सल्लाह तथा सुझाव हरु दिएका थिए ।

 

४ दिन सम्म संचालित उक्त कार्यक्रममा बिश्व प्रसिद्ध एन्जल ईनभेष्टरको सहभागितामा करिब १७ वटा बिलकुलै नयाँ बिजनेश योजनाहरुको प्रस्तुती उपस्थित डेलिगेट्स हरुले गरेका थिए । विश्व उद्यमी संमेलन मा उपस्थित सम्पुर्ण सहभागीहरुलाई ग्लोबल इन्टरप्रेनरसीप बुटक्याम्प की महाप्रबन्धक पार्शु अर्यालले धन्यवाद दिदै आगामी कार्यक्रम हानोई, भियतनाममा हुने घोषणा गदै समापन भएको थियो ।