काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।
केही दिन अघि मात्रै उनका दाजु अर्जुननरसिंह केसीलाई कोरोना संक्रमण पुष्टि भएको थियो। दाजुलाई कोरोना संक्रमण पुष्टि भएपछि उनी कन्ट्याक्ट ट्रेसिङमा परेका थिए।
उनलाई कोरोना संक्रमण पुष्टि भएको कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जनाएका छन्। पौडेलले फेसबुकमा लेखेर उनको स्वास्थ्य लाभको कामना गरेका छ्न्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।