आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेपालमा चिनियाँ लगानीका परियोजनामा चरम भ्रष्टाचार, फाइल खोल्दै अख्तियार

नेपालमा चिनियाँ लगानीका परियोजनामा चरम भ्रष्टाचार, फाइल खोल्दै अख्तियार

  • मिडिया डबली
  • मंगलवार, मंसिर २४ २०८२

  • 888
    SHARES

  • नेपालमा चिनियाँ लगानीका परियोजनामा चरम भ्रष्टाचार, फाइल खोल्दै अख्तियार

    काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशिला कार्की नेतृत्वको सरकारले चिनियाँ लगानीमा रहेका परियोजनामा चरम भ्रष्टाचार भएको भन्दै निशाना बनाइरहेको छ । पछिल्लो समय, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचारको फाइल विशेष अदालतमा दर्ता गर्न यसको ज्वलन्त उदाहरण हो । चिनियाँ ऋण र चिनियाँ कम्पनीको सहायताले निर्माण गरिएको यस विमानस्थलमा भ्रष्टाचार र आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

    यसअघि नागरिक उड्डयन प्रधाधिकरणका महाप्रबन्धक प्रदीप अधिकारीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको थियो । उनलाई भक्तपुरको हेलिप्याड निर्माणमा अनियमितता गरेको भन्दै नियन्त्रणमा लिएको थियो । उनीसँगको सोधपुछपछि चिनियाँ लगानीमा रहेको पोखरा विमानस्थलको भ्रष्टाचारको फाइल खोलिएको हो । विमानस्थलमा काम पूरा नभएको, गुणस्तरहीन काम भएको र लागत अभिवृद्धि गरेको ठहर गरिएको छ । त्यसैगरी, कर छुट दिने, आवश्यक संरचना निर्माण नगर्ने, इन्धन आपूर्ति जस्ता सुविधा पूरा नगर्ने जस्ता गम्भीर विषयहरुमा आर्थिक अनियमितता गरेको अख्तियारले जनाएको छ । यो चिनियाँ लगानी परियोजना विकास नभएर विकासका नाममा भ्रष्टाचारको पछिल्लो उदाहरण बनेको देखिन्छ ।

    डिसेम्बर ७, २०२५ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५५ जना व्यक्तिसहित (त्यसमा पूर्व मन्त्री, पूर्व सचिव, उच्च सरकारी कर्मचारीहरु) र निर्माणका लागि जिम्मेवार चिनियाँ सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड नामक चिनियाँ कम्पनीविरुद्ध पनि मुद्दा दायर गरेको छ । लागत अनुमान एरर गरी अनावश्यक रूपमा खर्च बढाइएको र विशाल वित्तीय घाटा नेपाल सरकारलाई परेको अख्तियारले जनाएको छ । चिनियाँ लगानी परियोजनाहरू प्रायः ऋण वा विदेश सहायताको स्वरूपमा आउँछन् र नेपाललाई दीर्घकालीन आर्थिक दायित्वमा पार्छन् । जब ती आयोजना लागत/गुणस्तर, व्यावसायिक योग्यताका आधारमा असफल हुन्छन् भने घाटा अनि ऋण भुक्तानीको भार दुवैले देशलाई कमजोर बनाउँछन् । विदेशी लगानी र निर्माणमा पारदर्शिता, कामको गुणस्तर, लागत समीक्षा, कर/अनुमति प्रक्रिया, र नियन्त्रक निकायको स्वतन्त्रता अत्यन्त महत्वपूर्ण हुन्छ । तर, पोखरा विमानस्थलमा चिनियाँ कम्पनीसँग मिलेर नेपालका नेता र कर्मचारीले ८ अर्बभन्दा बढीको भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ । पश्चिमा लबिको सरकार भनेर चिनिएको सुशिला कार्की नेतृत्वको सरकारले चिनियाँ लगानीमा चलेका परियोजनालाई निशाना बनाउनु आफैंमा अर्थपूर्ण विषय हो । त्यसैगरी चिनियाँ कम्पनीले हुवावेले नेपाल टेलिकममा कसरी कब्जा गरिरहेको छ भन्‍ने विषयमा पनि अनुसन्धान चलिरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ २६ २०८३१२:१२:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend