आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

निष्क्रिय अन्तर्राष्ट्रिय विमानस्थलले बढायो पोखराको चिन्ता

निष्क्रिय अन्तर्राष्ट्रिय विमानस्थलले बढायो पोखराको चिन्ता

  • मिडिया डबली
  • आइतवार, फाल्गुण ६ २०८०

  • 6.0K
    SHARES

  • निष्क्रिय अन्तर्राष्ट्रिय विमानस्थलले बढायो पोखराको चिन्ता

    नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान तत्काल सुचारु गर्न माग गर्दै आज एक सार्वजनिक सुनुवाइ कार्यक्रममार्फत पोखरावासीले असन्तुष्टि जनाएका छन् । राष्ट्रिय एकता अभियान र स्वतन्त्र पत्रकार संघ कास्कीको संयुक्त आयोजनामा समपन्न उक्त कार्यक्रममा विमानस्थललाई पूर्ण क्षमताअनुरूप संचालन गर्न विभिन्न सरोकारवालाहरूले सरकारलाई आग्रह गरेका छ्न्। 

    राष्ट्रिय एकता अभियानका संयोजक विनय यादवले विमानस्थल निर्माणमा पोखरावासीको उल्लेख्य लगानी रहेको बताउँदै विमानस्थलको हालको अवस्थाप्रति निराशा व्यक्त गरे ।उनले बिमानस्थलको पुर्ण संचालन आजको आवश्यकता रहेको भन्दै सरोकारबालाहरूको ध्यानाकर्षण गराएका थिए।  

    सुनावाईमा  प्रमुख वक्ताको रूप उद्योग वाणिज्य संघ का पूर्व केंद्रीय अध्यक्ष आनन्द राज मुल्मी, विश्लेषक युगनाथ शर्मा पौड़ेल, पर्यटन विशेषज्ञ वासुदेव त्रिपाठी, समाज सेवी कुमार राना, पत्रकार महासंघ कास्कीकी जिल्ला अध्यक्ष विमला भण्डारीलयाएतले आफ्नो मंतव्य राख्नुभएको थियो। 

    स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष असफल गौतमले कार्यक्रममा विभिन्न आवाजहरू सुनिने र सरोकारहरूलाई प्रभावकारी रूपमा सम्प्रेषण गर्ने सुनिश्चित गर्दै कार्यक्रमको सञ्चालन गरेका थिए।

    पोखरावासीहरूको सामूहिक सन्देश स्पष्ट थियो की अन्तर्राष्ट्रिय विमानस्थलको निष्क्रियता अस्वीकार्य हुनेछ र यसको सञ्चालनमा बाधा पुर्‍याउने तत्बहरूलाई सम्बोधन गर्न तत्काल कदम चाल्नु आवश्यक छ।

    जनवरी २०२३ मा विमानस्थलको औपचारिक उद्घाटन भए पनि अन्तर्राष्ट्रिय उडान नहुँदा बासिन्दाहरू निराश छ्न। अर्को तर्फ विमानस्थल निर्माणको लागि लिइएको ऋणको बारेमा समेत स्थानीय मात्र नभई पूरा देश चिन्तित छ। तसर्थ, सो कार्यक्रमबाट राष्ट्रलाई परेको आर्थिक भार कम गर्दै चीनबाट लिइएको ऋणलाई अनुदानमा परिणत गर्न वक्ताहरूले सरकारलाई आग्रह गरे।

    त्यस्तै, एयरपोर्टको निर्माण प्रक्रियामा भ्रष्टाचार भएको आरोपहरूबारे समेत आवाज उठाउदै वक्ताहरूले पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न गहन छानबिनको समेत माग गरेका छ्न ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, चैत्र ९ २०८२१२:३७:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend